कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुसी साट्दै च्याम्पियन सीवाईसी

मोहन बुढाऐर

धनगढी — धनगढी प्रिमियर लिग (डीपीएल) को कमजोर टोली भनेर आँकलन गरिएको सीवाईसी अत्तरियाले अन्नतः उपाधि जितेर सबैलाई चकित बनाएको छ । उपाधि जितको खुसी खेलाडीहरूले आइतबार समर्थकमाझ साटेका छन् । 

खुसी साट्दै च्याम्पियन सीवाईसी

यतिखेर उनीहरूको प्रदर्शन नबिर्सने गरी धेरैको मानसपटलमा छाइरहेको छ । ‘अन्तिम ओभरमा २ बलमा ३ रन चाहिएको थियो,’ अत्तरियाका पदम भाटले भने, ‘रोमाञ्चकारी त्यो क्षणमा मुटुको ढुकढुकी कस्तो थियो भन्न सकिँदैन ।’ त्यति बेला उनको माक्रै होइन, हजारौं समर्थकको ढुकढुकी त्यति गतिमा बढेको थियो ।


त्रिजमा थिए सन्नी पटेल । सीवाईसीका मालिक अभिषेक केसी भन्छन्, ‘क्रिजमा पटेल रहुन्जेल आशाको दिगो जगाइराखेका थियौं ।’ तर पनि अन्तिम दोस्रो बल महेन्द्रनगर युनाटेडका अविनाश बोहराले प्रहार गर्दा समर्थकका आँखा झप्पै बन्द हुनपुगेका थिएँ । ‘बोहराले स्ट्रेट छक्का दिएपछि दर्शकदीर्घाको आँखाबाट निस्केको खुसीको आँसुसँगै चित्कारले अत्तरिया झसंग ब्युँझियो होला,’ केसी शनिबारको त्यो क्षण सम्झन्छन्, ‘त्यो खुसी थाम्न सकिने खाले थिएन ।’


मैदानबाट छाएको खुसीले शनिबारै प्रसिद्ध तथा अत्तरिया सिरानमा रहेको गोदावरीधामको परिक्रमा गरी पूर्वपश्चिम राजमार्गको अत्तरियाचोकमा सन्ध्याकालिन विश्राम लिएको थियो । आइतबार बिहानै फेरि खुसी सटासाट क्रम जारी नै रह्यो ।


धनगढी स्टार्स लिग चरणबाटै बाहिरिएपछि घरेलु टिमका रूपमा सीवाईसी अत्तरिया फाइनल पुग्यो । फाइनल हेर्न पुगेका ५ हजारभन्दा बढी दर्शकमा आधा सीवाईसीकै थिए । ‘जितको क्षणमा देखिएको उमंग बयान गर्न सकिँदैन,’ समर्थक विनोद जोशी भन्छन्, ‘डीपीएलको एउटा जित सधैंभर पुग्ने जस्तो भयो ।’ सीवाईसीले ट्रफी उचालेपछि धनगढी–अत्तरियासम्म सयौं संख्यामा मोटरसाइकल र्‍याली भएको थियो ।


‘फाइनल टान्टी–२० कै एउटा उत्कृष्ट खेल थियो,’ मालिक केसीले भने । अत्तरियाबाट फर्केपछि उत्साही समर्थकसँग खेलाडीले शुभ प्यालेसमा खुसी बाँडेका थिए । डीपीएलका उत्कृष्ट खेलाडी घोषित सन्नी पटेललाई समर्थकले पछ्याइरहेको दृश्य पनि कम रोचक थिएन । सन्नी भारत गुजरातका खेलाडी हुन् । यसअघि ईपीएल, डीपीएल खेलिसकेका अनुभवी उनले नेपाली समर्थकसँग सुमधुर सम्बन्ध बनाइसकेका थिए । उपाधि जितमा दक्षिण अफ्रिकी प्रशिक्षक रायन मरोन र मेन्टर जोन्डी रोड्सको सहयोग महत्त्वपूर्ण रहेको सन्नीले बताए ।


कैलालीको अक्तरियामा सामाजिक गतिविधिमा सत्रिय सीवाईसी एक गैरसंरकारी संस्था हो । यसका ३ सयभन्दा बढी सदस्य छन् । सस्थाका अध्यक्ष नर राई हुन् । डीपीएल प्रतियोगिताका लागि स्पोर्टस एड र हाइटहाउस कलेज सीवीईसीका साझेदार संस्था हुन् ।


‘डीपीएल अक्सनअगाडि ‘मेकिङ अ डिफरेन्स’ सिद्धान्तमा रहेर टिम निर्माण गरेका थियौं,’ मालिक केसीले भने, ‘त्यसअनुसार यू–१९ र यू–२१ का खेलाडीलाई प्राथमिकता राखेर एउटा युथ टिम निर्माण गरेका हौं । त्यसैले सबैलाई कमजोर टिम हो कि भन्ने लागेको थियो ।’

प्रकाशित : फाल्गुन १३, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?