कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशस्तरीय एथलेटिक्स सुरु

कान्तिपुर संवाददाता

दाङ — आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ५ स्तरीय एथलेटिक्स छनोट प्रतियोगिता सोमबार घोराहीमा सुरु भएको छ । मध्यपश्चिमान्चल क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्ज र दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको हो ।

प्रदेशस्तरीय एथलेटिक्स सुरु

भरतपुर खेल मैदानमा महिला र पुरुषतर्फका १०० मिटर, १५ सय मिटरका दौडका साथै लङजम्प र सटपुट इभेन्ट भए । पुरुष १०० मिटर दौडमा रूपन्देहीका हुमबहादुर पहराई विजेता, दाङका सीमान्त पाण्डे दोस्रो र सागर पौडेल तेस्रो भएका छन् । पुरुष १५ सय मिटरको दौड बर्दियाका माधवकुमार चौधरीले जिते । कपिलवस्तुका मुकेश हरिजन दोस्रो र सुनीलकुमार बिक तेस्रो भए । महिला १०० मिटर दौड बर्दियाकी नारायणी चौधरीले जितिन् । बर्दियाकी प्रमिला थारु दोस्रो र दाङकी सीमा चौधरी तेस्रो भए ।


महिला १५ सय मिटरमा बर्दियाकी पुष्पा थारु विजेता भइन् । बाँकेका बिर्सना कुमाल दोस्रो र सुमित्रा चौधरी तेस्रो भए । महिला लङजम्पमा बर्दियाकी जयरानी चौधरी पहिलो, दाङकी सीमा चौधरी दोस्रो र बर्दियाकी प्रमिला थारु तेस्रो भएका छन् । सटपुट महिलातर्फ बर्दियाकी संगीता अधिकारी पहिलो, दाङकी सुशीला चौधरी दोस्रो र रोल्पाकी सीमा बुढा तेस्रो भएका छन् ।


लङजम्प पुरुषतर्फ दाङका महादेव केवट पहिलो, श्रवण केवट दोस्रो र पूर्णबहादुर आले तेस्रो भए । पुरुष सटपुटमा बर्दियाका मिलन चौधरी, रूपन्देहीका केशवकुमार गुप्ता र नवलपरासीका नगेन्द्र चौधरी शीर्ष तीनस्थानमा विजयी भए । प्रतिस्पर्धामा प्रदेश ५ का १२ जिल्लाका खेलाडीको सहभागिता छ ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?