कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धोनीले गरे पिचको आलोचना

बीबीसी

चेन्नाइ — कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ को पहिलो खेलमा आफ्नो टीम चेन्नाइ सुपर किङ्सले रोयल च्यालेञ्जनर बेंगलोरलाई सजिलै हराएपछि पिचको आलोचना गरेका छन् । 

चेन्नाइले प्रँप्त गरेको सात विकेट जितको खेलमा पहिले ब्याटिङ गरेको बेंगलोर ७० रन मात्र बनाएर अलआउट भएको थियो । जवाफमा चेन्नाइ १४ बलको खेल बाँकी छँदा जितसम्म पुगेको थियो ।


'पिचको स्थिति यो भन्दा धेरै राम्रो हुनुपर्ने थियो । हामीले यस्तो पिचमा खेल्नु ठीक हुन्न,’ धोनीले भने । स्टार खेलाडीले भरिएको बेंगलोरका लागि कोही पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् ।


घरेलु टिमका लागि अनुभवी स्पिनरद्वय हरभजन सिंह र इमरान ताहिर हाबी रहे । हरभजनले २० रनमा तीन तथा इमरानले ९ रनमा तीन विकेट लिए ।

प्रकाशित : चैत्र १०, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?