कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्लीको विजयी सुरुआत

एएफपी

मुम्बई — भेट्रान युवराज सिंहले ३५ बलमा ५३ रन बनाएपनि त्यसलाई निस्तेज पार्दै दिल्ली क्यापिटल्सले आइतबार राति इन्डियन प्रिमियर लिग २०१९ मा मुम्बइ इन्डियन्सलाई ३७ रनले हराएको छ । 

वानखेडे स्टेडियममा भएको खेलमा दिल्लीले आफ्नो सबै क्षेत्रमा सुधार देखाउँदै २ सय १३ रन बनाएको थियो र त्यसमा ऋषब पन्तले आक्रामक खेल प्रस्तुत गरे ।


त्यसको जवाफमा तीन पल्टको विजेता मुम्बइ १९।२ ओभरमा १ सय ७६ रन बनाएर अलआउट भयो । ऋषबले २७ बलको मात्र सामना गरेर ७८ रन बनाए । यस्तै शिखर धनवले ३६ बलमा ४३ रनको योगदान गरे ।

प्रकाशित : चैत्र ११, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?