कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्टे्रलियाको सजिलो जित

एएफपी

सारजहा — एरोन फिन्चले लगातार शतक बनाएपछि अस्टे्रलियाले आइतबार राति दोस्रो वान डेमा पाकिस्तानलाई सजिलै आठ विकेटले हराएको छ । कप्तान फिन्चले १ सय ४३ बलमा १ सय ५३ रन बनाए र नटआउट रहे । 

त्यस प्रदर्शनको मदतले अस्टे्रलियाले ४७।५ ओभरमा जितका लागि २ सय ८५ रनसँगै जित लक्ष्य छोएको थियो । यससँग उसले पाँच खेलको सिरिजमा २-० अग्रता पनि लिएको छ ।


यसअघि पाकिस्तानले मोहम्दन रिजवालको शतकमा पहिले ब्याटिङ गर्दै सात विकेटमा २ सय ८० रन बनाएको थियो ।

प्रकाशित : चैत्र ११, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?