कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्पेनको संघर्षपूर्ण जित

एएफपी

पेरिस — सर्जियो रामोसले दोस्रो हाफमा पेनाल्टीबाट गरेको गोल मद्दतले स्पेनले युरो २०२० छनोटको आफ्नो पहिलो खेलमा बलियो चुनौती पेस गरेको नर्वेलाई २–१ ले हराएको छ । इटालीले भने अर्को खेलमा किशोर खेलाडी मोइस किनको गोलले फिनल्यान्डलाई हरायो ।

स्पेनको संघर्षपूर्ण जित

भ्यालेन्सियामा भएको खलमा स्पेन उत्कृष्ट देखिएन । तर उसले नर्वेको चुनौती समाप्त पार्दै छनोट अभियानमा राम्रो सुरुआत लिन भने सफल भएको छ ।


सन् २०१० का विश्वकप विजेता स्पेनका लागि पछिल्लो समय खराब रहेको छ र रुसमा भएको प्रतियोगितामा स्पेन अन्तिम १६ बाटै बाहिरिएको थियो । यस्तै इंग्ल्यान्डसँग पराजित भएर नेसन्स लिग फाइनलबाट पनि बाहिरिएको थियो । ‘बराबरीको स्थितिमा हाम्रा खेलाडीले राम्रो गरे । यो जितमा हामी खुसी छौं र यसले हाम्रो आत्मविश्वास बढाएको छ । टिममा अहिले नयाँ प्रशिक्षक आएका छन् । हामी प्रत्येक खेललाई त्यसैअनुसार खेल्नेछौं,’ रामोसले भने ।


प्रशिक्षक लुइस एनरिकेले आक्रामक टिमसँग त्यसैअनुसार रणनीति बनाए पनि त्यसका विरुद्ध नर्वेको प्रदर्शन दरिलो रह्यो । रोडरिगोले स्पेनलाई १६ औं मिनेटमा अग्रता दिलाएयता नर्वेका तर्फबाट सोसु किङले बराबरी गोल फर्काए । रामोसले ७१ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । अर्कोतर्फ १९ वर्षीय युभेन्ट्सका खेलाडी किन इटालीका लागि एक दशकयता सबैभन्दा कम उमेरमा खेल्ने खेलाडी बने र त्यसमा रोबर्टो मानचिनीको टिम २–० ले विजयी रह्यो ।


युडिनीमा इटालीले बारेलाको गोलले सातौं मिनेटमा अग्रता लिएको थियो र यो इटालीका लागि २२ वर्षीय कागरिीको खेलाडीको पहिलो गोल रह्यो । खेल सकिन १२ मिनेटअगाडि किनले दोस्रो गोल थपे । उनले भने, ‘इटालीको टिममा आबद्ध हुनु नै सबैभन्दा ठूलो उपलब्धि हो, त्यसमाथि मैले गोल पनि गर्न सकें । म इटालीको टिममा नियमित स्थान बनाउन चाहन्छु र प्रशिक्षक मानचिनीको मन जित्न चाहन्छु ।’


यसमै समूह ‘जे’ मा बोस्निया एन्ड हर्जगोभिनाले आर्मेनियालाई २–१ ले हरायो । त्यसमा कप्तान एडिन जेको आफ्नो देशका लागि १०० औं खेल खेल्ने पहिलो खेलाडी बने । अर्को खेलमा ग्रिसले लेचेसटाइनलाई २–० ले पन्छायो । यसअघि माइक म्याकार्थीको गणतान्त्रिक आयरल्यान्डले गिब्राल्टरलाई १–० ले हरायो । समूह ‘डी’ अर्को खेलमा स्विट्जरल्यान्डले जर्जियालाई २–० ले पन्छायो ।

यस्तै समूह ‘एफ’ मा स्विडेनले रोमानियालाई २–१ ले हरायो ।

प्रकाशित : चैत्र ११, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?