कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराटनगरलाई उपाधि 

प्रदीप मेन्याङ्बो

सुनसरी — प्रदेशस्तरीय मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरले जितेको छ । इटहरी- ९ स्थित क्रिकेट मैदानमा भएको फाइनलमा इटहरी उपमहानगरपालिकालाई ७८ रनले पराजित गर्दै विराटनगर महानगरले उपाधि कब्जा गरेको हो । 

विराटनगरलाई उपाधि 

विराटनगरले उपाधिसहित नगद ५० हजार रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता आयोजक इटहरीले २५ हजार रुपैयाँमा चित्त बुझायो ।


टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रनको योगफल खडा गरेको थियो । विराटनगरको लागि पुष्प थापाले विस्फोटक ब्याटिड गर्दै सर्वाधिक ९६ रन जोडे । थापाले ३४ बलमा १२ चौका र ६ छक्का प्रहार गरे । रवि रोयले २२, फिर्दोस अन्सारीले २१ र मिनस थापाले १५ रनको योगदान दिए । ब्ालिड तर्फ इटहरीका भुपाल लुइँटेलले ३ विकेट लिँदा रवि शाहले २ विकेट लिए ।


जवाफमा १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको इटहरी १७ दशमलव १ ओभरमा ९५ रनमा समेटियो । इटहरीका लागि मनिष दाहालले नटआउट २७ रन बनाउँदा सरोज कटुवालले २५ तथा सुमन पौडेलले २० रन जोडे । बलिडतर्फ विराटनगरका पुष्प थापा, दीपेश कँडेल, मुकुन्द यादव र अमृत सिंहले २/२ विकेट लिए ।


प्रतियोगिताको उत्कृष्ट खेलाडी विराटनगरका दीपेश कँडेल घोषित भए । उनले नगद ५ हजार र ट्रफी पाए । उत्कृष्ट बलर इटहरीका उज्वल श्रेष्ठ र उत्कृष्ट ब्याट्सम्यान विराटनगरका फिर्दोश अन्सारी घोषित भए । उनीहरू दुवैले जनही नगद ३ हजार र ट्रफी पाए ।


म्यानअफ द फाइनल विराटनगरका पुष्प थापा भए । उनले नगद १ हजार र ट्रफी पाए । इटहरी उपमहानगरपालिकाको संयोजनमा भएको प्रतियोगितामा एक नम्बर प्रदेशका ८ टिम सहभागी थिए ।

प्रकाशित : चैत्र २७, २०७५ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?