कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रियल बराबरीमा रोकियो

एजेन्सी

म्याड्रिड — रियल म्याड्रिड सोमबार राति स्पेनी ला लिगमा बराबरीमा रोकिएको छ । उसलाई लेगानेसले १-१ को बराबरीमा रोकेको हो । 

रियल बराबरीमा रोकियो

लेगानेसले आफ्नो घरेलु मैदानमा जोनाथन सिल्भाको गोलले ४५ औं मिनेटमा अग्रत लिएको थियो । रियलका लागि करिम बेन्जेमाले ५१ औं मिनेटमा बराबरी गोल फर्काए ।

जिनेदिन जिदानको रियल ६१ अंकमा लिग तालिकाको तेस्रो स्थानमा छ । उसको अगाडि बार्सिलोनाको ७४ र एटलेटिको म्याड्रिडको ६५ अंक रहेको छ ।


प्रकाशित : वैशाख ३, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?