कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआरएनलाई पहिलो स्वर्ण

रूपन्देही — आठौं राष्ट्रिय खेलकुदअन्तर्गत रूपन्देहीमा भएको लन टेनिसमा एपीएफ क्लबले ५ स्वर्ण जितेको छ । एपीएफले महिला एकल, युगल, पुरुष युगल, मिश्रित युगल र पुरुष टिम गरी ५ इभेन्टमा स्वर्ण जितेको हो । त्रिभुवन आर्मीले महिला टिम इभेन्ट र पहिलोपल्ट भाग लिएको एनआरएनले पुरुष एकलमा स्वर्ण जितेका छन् ।

एनआरएनलाई पहिलो स्वर्ण

देवीनगरस्थित टेनिस कोर्टमा सोमबार पुरुष एकलको फाइनलमा एनआरएनका संरक्षकभूषण बज्राचार्यले आर्मीका प्रनण खनाललाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेका थिए । अस्ट्रेलियाबाट प्रतिनिधित्व गरेका संरक्षक शीर्ष वरीयताका राष्ट्रिय खेलाडी हुन् । यस राष्ट्रिय खेलकुदमा एनआरएनले जितेको पहिलो स्वर्ण हो । एपीएफका सन्तोष खत्री र गण्डकी प्रदेशका प्रदीप खड्काले कांस्य जिते ।


महिला एकलको फाइनलमा एपीएफकी प्रेरणा कोइरालाले आर्मीकी अभिलाषा विष्टलाई पराजित गर्दै स्वर्ण जितिन् । उनले फाइनलमा ६–२, ६–० को सेटमा सफलता पाइन् । प्रदेश ३ की रायना शाह र आर्मीकी इरा रावत कांस्य पदक प्राप्त गरे ।


विजेतालाई नेकपा प्रदेश सचेतक भूमिश्वर ढकाल, टेनिस संघकी केन्द्रीय अध्यक्ष ज्योति राणा, बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, रूपन्देही लन टेनिस संघका सचिव गोपाल ज्ञवाली, रूपन्देही जिल्ला खेलकुद समितिका अध्यक्ष योग गुरुङ, उपाध्यक्ष मुक्ति अधिकारी, रूपन्देही लन टेनिस संघका अध्यक्ष अशोक गुरुङले पदक तथा प्रमाणपत्र वितरण गरे ।


सातवटा स्वर्ण पदकका लागि प्रदेश ३, ४ र ५, आर्मी, एपीएफ क्लब र एनआरएनका २८ पुरुष र १५ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


जुडोमा आर्मी वर्चस्व

बाँके (कास)– जुडोको दोस्रो दिन सोमबार आर्मीका खेलाडीले ४ स्वर्ण जितेका छन् । ७ स्वर्णका लागि प्रतिस्पर्धा हुँदा पुलिसले २ तथा एपीएफले १ स्वर्ण जितेका थिए ।


पुरुष ७३ केजीमुनि पुलिसका सन्जित डंगोल पहिलो भए । सन्जितले फाइनलमा आर्मीका जंगबहादुर सारुलाई पराजित गरे । ९० केजीमुनि आर्मीका सूर्यमान लामाले स्वर्ण जिते । फाइनलमा उनले प्रहरीका श्रीराम मकाजुलाई हराए । १०० केजीमुनि फाइनलमा प्रहरीका रविन श्रेष्ठले आर्मीका रमेशबहादुर चन्दलाई हराएर स्वर्ण जिते ।


महिला ७८ केजीमुनि आर्मीकी आकृति जोशी, ५२ केजीमुनि एपीएफकी देविका खड्का, ६३ केजीमुनि आर्मीकी निर्मला घर्ती मगर र ७८ केजीमुनि आर्मीकी पुनम श्रेष्ठ विजेता भए । फाइनलमा आकृतिले प्रदेश ५ की दीपा गुरुङ, देविकाले प्रहरीकी दिलकुमारी छन्त्याल, निर्मलाले प्रहरीकी रेणुका थापा र पुनमले प्रदेश ५ की सम्झना चौधरीलाई हराएका थिए ।


ओकेश र लक्ष्मी विजेता

बाँके (कास)– साइक्लिङको पुरुषमा आर्मीका ओकेशराज बज्राचार्य र महिलामा प्रदेश ३ की लक्ष्मी मगरले आठौं राष्ट्रिय खेलकुदको स्वर्ण पदक जितेका छन् ।


गाभरमा भएको प्रतियोगितामा ४.६ किलोमिटरको ५ ल्याप ओकेशले १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पूरा गरे । आर्मीका हिमाल टमाटा (१ घण्टा २६ मिनेट ०६ सेकेन्ड) दोस्रो तथा गण्डकीका हिक्मत बिक (१ घण्टा २६ मिनेट ४४ सेकेन्ड) तेस्रो भए ।


४.६ किलोमिटरको ४ ल्याप लक्ष्मीले १ घण्टा २० मिनेट ५२ सेकेन्डमा पार गरिन् । गण्डकीकी उषा खनाल (१ घण्टा ३३ मिनेट ३८ सेकेन्ड) दोस्रो र प्रदेश ३ की निर्जला ताम्राकार (१ घण्टा ३५ मिनेट ५६ सेकेन्ड) तेस्रो स्थानमा रहे । एकदिने क्रसकन्ट्री साइक्लिङमा ६ प्रदेशबाट ३० पुरुष र १२ महिला खेलाडी सहभागी थिए ।

प्रकाशित : वैशाख ३, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?