कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बार्सिलोना र आयाक्स सेमिफाइनलमा

एजेन्सी

पेरिस — बार्सिलोना र आयाक्सले मंगलबार राति युरोपेली च्याम्यिन्स लिगको सेमिफाइनल यात्रा तय गरेको छ । बार्सिलोनाले अन्तिम आठको दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडलाई ३–० ले हरायो । 

क्याम्प नुमा भएको खेलमा लियोनल मेसीले दुई तथा फिलिपे कोउटिन्होले एक गोल गरे । बार्सिलोनाले यसअघि पहिलो लेग १–० ले जितेको थियो र समग्रमा खेल ४–० ले आप्mनो पक्षमा पार्न सफल रह्यो ।


आयाक्सले भने क्रिस्टियानो रोनाल्डोको युभेन्टसलाई उसकै घरमा भएको दोस्रो लेगमा २–१ ले हरायो र समग्रमा ३–२ को अग्रता लियो । आयाक्सको घरमा भएको पहिलो लेग १–१ को बराबरीमा रहेको थियो ।

प्रकाशित : वैशाख ४, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?