कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुलिस र एपीएफ विजयी

माधव ढुंगाना

भैरहवा — आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बुधबार भैरहवामा सम्पन्न पुरुषतर्फको क्रिकेटमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब विजयी भए । पुलिसले प्रदेश नं. ५ लाई ६३ रनले र एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्‍यो ।

पुलिस र एपीएफ विजयी

भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेको पुलिसले २० ओभरमा ८ विकेट क्षतिमा १ सय ७१ रन बनायो । सुनील धमलाले २० बलमा १६ रन बनाई विक्रम भुसालको बलमा आउट भए । कुशल भुर्तेलले छ चौका र एक छक्काको मद्दतले ३१ बलमा ५५ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १ छक्का र १ चौकाको मद्दतले ३८, अमित श्रेष्ठ ११, आरिफ शेखले १६, कप्तान मञ्जित श्रेष्ठ १६ बलमा अविजित २२ रन जोडे । प्रदेश ५ का कृष्ण कार्की, विक्रम भुसाल र सौरभ खनालले २–२ विकेट लिए ।


प्रदेश ५ ले ६ विकेट गुमाई १ सय ८ रन मात्रै बनाउन सक्यो । सन्दिप सुनारले २ चौकाको मद्दतले १० बलमा ११, सुवेन्दु पाण्डे ४, अनुपम सिंह २ चौका र १ छक्काको मद्दतले ३७, राजवीर सिंह ९, सौरभ खनाल २, सुरज दरै ८ रनमा आउट भए । कृष्ण कार्की १७ र निश्चिल चौधरीले ५ रनमा अविजित रहे । पुलिसका ललित राजवंशीले २ तथा दीपेन्द्र, मञ्जित, आरिफ र कुशलले १/१ विकेट लिए । कुशल म्यान अफ दी म्याच भए ।


दोस्रो खेलमा टस जितेको सुदूरपश्चिम टिमले १८.३ ओभरमा अलआउट हुँदै ८१ रन जोड्यो । खड्ग बोहराले १५ बलमा २२, दीपक बोहरा २७ बलमा १७, अरुण ऐरी १४, लोकेश बम १५, शेर मल्ल १ रनमा आउट भए । शरद भेषावकरले ४ ओभरमा १४ रन दिएर ५ विकेट लिए । भुवन कार्कीले ४ ओभरमा १४ रन दिएर २, वसन्त रेग्मी र पृथु बाँस्कोटाले १–१ विकेट लिए ।


एपीएफले लक्ष्यमा पुग्न १९ ओभर खेल्न पर्‍यो । अनिलकुमार शाह, महेश अधिकारीको बलमा शून्यमा आउट भए । शरदले २ चौकाको मद्दतले ३० बलमा १८ रन जोडे । प्रदीप ४ रनमै आउट भए । पृथु २१ बलमा ७ रन बनाई आउट भए । भुवन कार्की २२ बलमा १६ रन जोडे । सुमित महर्जनले १६ बलमा अविजित १५ रन बनाए ।


अमरसिंह रौटेला ६ बलमा ११ रन बनाउँदा शेर मल्लको बलमा एलबीडब्लू आउट भए । आयुषमान बम एक चौका सहित ६ बलमा ११ रन बनाई अविजित रहे । नरेन्द्र साउद शेर मल्लले २–२ विकेट लिए ।

प्रकाशित : वैशाख ५, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?