बार्सिलोना कुर्दै लिभरपुल

एएफपी

पोर्टो — लिभरपुल व्यवस्थापक योर्गन क्लोपले आफ्नो टिम युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा बर्सिलोनाको सामना गर्ना व्यग्र प्रतीक्षामा रहेको बताएका छन् ।

लिरभपुलले बुधबार रातिको दोस्रो लेगको अन्तिम आठको खेलमा पोर्टोलाई सजिलै ४–१ ले हरायो र समग्रमा ६–१ को फराकिलो अग्रता लिन सफल रह्यो । स्टाडिया डो ड्रागोको भएको खेलमा लिभरपुलका लागि साडियो मानेले २६ औं मिनेटमा गोलको खाता खोले ।

एनफिल्डमा भएको पहिलो लेग २–० ले जितेको लिभरपुल त्यस गोलयता दबाबमा रहेन र उसका लागि मोहम्मद सलाह, रोबर्टो फिरमिनो र भरजिल भान डायकले गोल गरे । खेल सकिने २१ मिनेट अगाडि पोर्टोका लागि इडेर मिलिटोले सान्त्वना गोल फर्काए ।

पोर्टोका लागि प्रतिद्वन्द्वीका रूपमा लिभरपुल फेरि एकपल्ट भारी पर्‍यो । एक वर्ष अगाडि पनि पोर्टो आफ्नै घरेलु मैदानमा लिभरपुलसँग ५–० ले पराजित रहेको थियो । अब लिरभपुलले सेमिफाइनलमा लियोनल मेसीको बार्सिलोनाको सामना गर्नेछ ।

प्रकाशित : वैशाख ५, २०७६ १०:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

निगमको जहाजमा फेरि चरा ठोक्कियो 

कान्तिपुर संवाददाता

काठमाडौँ — मलेसियाको राजधानी क्लालामपुरबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा बिहीबार बिहान चरा ठोक्किएको छ ।

स्रोतका अनुसार, निगमको उडान नम्बर आरए४१६ अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला पछाडिको ल्याण्डिङ गियर (पाङग्रा) मा चरा ठोक्किएको थियो । 'ठूलो क्षति हुनबाट जोगियो' स्रोतले भन्यो, 'उडानमा रहेका बेला इन्जिनमा चरा ठोक्किएको भए करोडौं नोक्सानी हुने थियो ।'

चरा ठोक्किएको विमान निगमको न्यारोबडी विमान हो । नेपाली नाम सगरमाथा रहेको यसको कलसाइन किलो व्हिस्की हो । निगमका प्राविधिकहरुले बिहीबार बिहानै जाँच गरी जहाज ग्राउन्डेड गर्न नपर्ने जनाएका छन् ।

यो जहाज निगमले ०७१ माघमा एयरबससँग खरिद गरेर ल्याएको पहिलो ब्रान्डन्यू एयरबस हो । यसअघि भदौंमा पनि क्लालामपुरबाट १ सय ५८ यात्रु बोकेर काठमाडौंमा अवतरण गर्दैगर्दा यसको बायाँ पखेटाको एयरफ्रेममा चरा ठोक्किँदा ग्राउन्डेड भएको थियो ।

प्रकाशित : वैशाख ५, २०७६ १०:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT