कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा पुलिस क्लब विजयी

दुर्गालाल केसी

दाङ — आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान भएको महिला फुटबलमा नेपाल पुलिस क्लब विजयी भएको छ । घोराहीको भरतपुर मैदानमा भएको खेलमा प्रदेश ५ लाई शुन्यकाबिरुद्ध ६ गोल गर्दै पुलिस क्लब विजयी भएको हो ।

आठौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा पुलिस क्लब विजयी

जर्सी नम्बर १४ की निरु थापाले गोलमा ह्याटि्रक गरिन् । उनले पहिलो हाफको ९ औं मिनेट तथा दोस्रो हाफको १३ र ३८ औं मिनेटमा गोल गरेकी थिइन् ।


जर्सी नम्बर ५ की अमृता जैशीले दोस्रो हाफको २८ र २९ औं मिनेटमा लगातार दुई गोल गरिन् भने जर्सी नम्बर ७ की निर्मला बिकले पहिलो हाफको २४ औं मिनेटमा गोल गरिन् । आज बेलुकीको खेल प्रदेश २ र ३ बीच हुने भएको छ ।

प्रकाशित : वैशाख ६, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?