कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा नेपाल पुलिसको विजय यात्रा जारी

दुर्गालाल केसी

दाङ — आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार बिहान भएको महिला फुटबल खेलमा नेपाल पुलिस क्लव विजयी भएको छ । सुदूरपश्चिम प्रदेशलाई शुन्यका विरुद्ध ७ गोलले हराउँदै पुलिसले विजयी यात्रालाई निरन्तरता दिएको छ ।

आठौं राष्ट्रिय खेलकुद : महिला फुटबलमा नेपाल पुलिसको विजय यात्रा जारी

घोराहीको भरतपुर मैदानमा भएको खेलमा नेपाल पुलिस क्लवकी जर्सी नम्बर १४ की निरु थापा र जर्सी नम्बर ७ की निर्मला बिकले ह्याट्रिक गरेका छन् ।


थापाले हिजो प्रदेश ५ सँग भएको खेलमा पनि ह्याट्रिक गरेकी थिइन् । थापाले पहिलो हाफको ४२ तथा दोस्रो हाफको ८ र ४२ औं मिनेटमा गोल गरेकी थिइन् । बिकले पहिलो हाफको २० तथा दोस्रो हाफको १६ र ४९ औं मिनेटमा गोल गरेकी थिइन् । जर्सी नम्बर १९ की रञ्जिता गुरुङले पहिलो हाफको ३९ औं मिनेटमा एक गोल गरेकी थिइन् ।

प्रकाशित : वैशाख ७, २०७६ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?