कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपीएफ समूह ‘ए’ विजेता

माधव ढुंगाना

भैरहवा — नेपाल एपीएफ क्लब पुरुष क्रिकेटको समूहविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । एपीएफले आइतबार पुलिसमाथि २ रनको जित हात पारी समूह ‘ए’ बाट सेमिफाइनल पुगेको हो ।

एपीएफ समूह ‘ए’ विजेता

एपीएफले समूह ‘बी’ को उपविजेता प्रदेश १ सँग र उपविजेता पुलिसले समूह ‘बी’ को विजेता त्रिभुवन आर्मी क्लबसँग १० गते बाँकेको कोहलपुरमा प्रतिस्पर्धा गर्नेछन् ।


आइतबारको अर्को खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई १५ रनले पराजित गरे पनि सेमिफाइनल पुग्न सकेन । सिद्धार्थ रंगशालामा टस जितेको एपीएफ १९.५ ओभरमा १ सय १५ रनमा अलआउट भयो ।


प्रदीप ऐरीले ३ चौका र १ छक्का मद्दतमा ४२ बलमा ४०, शंकर रानाले २२ बलमा दुई चौका मद्दतले २०, अनिल शाहले १६, सन्दीप जोराले ६, पृथु बाँस्कोटा र सुमित महर्जनले ५, भुवन कार्कीले ६, अमरसिंह राउटेला र कमल सिंह ऐरीले २–२ रन बनाए । पुलिसका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २६ रन दिएर ४, रामनरेश गिरी र ललित राजवंशीले २–२, आरिफ शेख र सागर ढकालले १–१ विकेट लिए ।


पुलिस क्लबले पूरै ओभर खेल्दै ८ विकेट क्षतिमा १ सय १३ रन मात्रै बनायो । पुलिसबाट आरिफ शेखले २ छक्का मद्दतले २५ बलमा २४ रन बनाए । उनी आउट भएपछि पुलिसलाई विजयी बन्न ६ बलमा ५ रन आवश्यक थियो । उनीपछि आएका रामनरेशले जितका लागि आवश्यक रन बटुल्न सकेनन् ।


दीपेन्द्रले ३ चौकासहित ९ बलमा २३, दिलीप नाथले १८, सुनील धमलाले १३, कुशल भुर्तेलले १२, मञ्जित श्रेष्ठले अविजित १२ रन र अमित श्रेष्ठले ४ रन बनाए । एपीएफका कमलसिंह ऐरी र भुवन कार्कीले २–२ विकेट र शरद भेषावकरले १ विकेट लिए । एपीएफका कमलसिंह ऐरी म्यान अफ द म्याच भए ।


अर्को खेलमा टस जितेको प्रदेश ५ ले १८.३ ओभरमा सबै विकेट गुमाई १ सय ३ रन बनायो । निश्चल चौधरीले २ चौका र १ छक्का मद्दतमा ३४, सुरज दरईले ३ चौका र १ छक्का मद्दतमा ३४ रन, सौरभ खनालले ११, सुवुन्दु पाण्डेले ६ र सन्दीप सुनारले ४ रन बनाए । गण्डकीका करण केसीले ३.३ ओभरमा १६ रन खर्चेर ३, किशोर महतो, विपन खत्री र विशाल पौडेलले २–२ विकेट लिए ।


गण्डकीले ९ विकेट गुमाई ८८ रन मात्रै बनाउन सक्यो । आकाश थापाले २६, गोविन्द प्रधानले १८ र सन्तोष न्यौपानेले १० रन बनाए । म्यान अफ द म्याच प्रदेश ५ का विक्रम भुसालले ४ ओभरमा १२ रन खर्चेर ५ विकेट लिए । सन्दीप र कृष्ण कार्कीले १–१ विकेट लिए ।

प्रकाशित : वैशाख ९, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?