कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ र एपीएफ फाइनलमा

दुर्गालाल केसी

लमही, दाङ — महिला क्रिकेटको उपाधिलाई प्रदेश १ र नेपाल एपीएफ क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । सोमबार लमही क्रिकेट मैदानमा भएको सेमिफाइनलमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले र एपीएफले प्रदेश २ लाई ६७ रनले हराउँदै फाइनलमा पुगेको हो ।

प्रदेश १ र एपीएफ फाइनलमा

टस जितको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाई ८० रन जोडयो । सुदूरपश्चिमकी विन्दु रावल २६ र कविता जोशी ११ रन बनाई अविजित रहिन् । प्रदेश १ की निग्मा तामाङले २ तथा रुविना क्षेत्री, सवनम राई र संगिता राईले १/१ विकेट लिए ।


प्रदेश १ ले १३.४ ओभरमा लक्ष्य पूरा गर्‍यो । रुविना ४३ र रोमा थापा २१ रन बनाई अविजित रहिन् । सुदूरपश्चिमकी कविता जोशीले २ विकेट लिइन् । वुमन अफ द म्याच प्रदेश १ की रुविना भइन् ।


दोस्रो सेमिफाइनलमा टस जितेको एपीएफले २० ओभरमा ५ विकेट १ सय ३६ रन बनायो । इन्दु बर्माले अविजित ४१, ममता चौधरी ३९ र सीता रानामगरले २६ रन हानिन् । प्रदेश २ बाट शान्ति चौधरीले २ विकेट लिइन् ।


२ नं प्रदेश २० ओभर पूरा खेली ६९ रनमा अलआउट भयो । अनुराधा चौधरीले २२ र शोभा आलेले १६ रन बनाइन् । एपीएफकी सरिता मगर ३, सीता राना मगर र रितु कनोजियाले २/२ विकेट लिए । वुमन अफ द म्याच एपीएफकी सीता रानामगर भइन् ।

प्रकाशित : वैशाख १०, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?