कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला क्रिकेटको उपाधि एपीएफको पोल्टामा

दुर्गालाल केसी

दाङ — आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दाङको लमहीमा भएको महिला क्रिकेटको उपाधिमा एपीएफले कब्जा जमाएको छ । महिला क्रिकेटको उपाधिको लागि प्रदेश नम्बर १ र एपीएफकाका बीचमा प्रतिस्पर्धा भएको थियो । एपिएफ ८७  रनले विजयी भएको छ । महिला क्रिकेटमा दोस्रो प्रदेश नम्बर १ र तेस्रो सुदूरपश्चिम प्रदेश भएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला क्रिकेटको उपाधि एपीएफको पोल्टामा

टस जितेर प्रदेश नम्बर १ ले बलिङ गरेको थियो । एपीएफले २० ओेभरमा पुरै विकेट गुमाइ १२८ रन बनायो । जसमा ज्योति पाण्डे ४५, सिताराना मगर ४२ रन जोडिन् । बलिङतर्फ प्रदेश १ कि रुविना क्षेत्री, सवनम राई र संगिता राईले समान ३/३ विकेट लिइन् ।


प्रदेश नम्बर एक १९.४ ‌ओभरमा अलआउट हुँदै ४१ रनमा समेटिन पुग्यो । रश्मी शर्मा चौलागाई अविजित हुँदै २७ रन जोडिन् । बलिङ एपीएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २-२ विके लिइन् । प्लेयर अफ द म्याच रिता राना मगर घोषित भइन् ।


वेस्ट वलर प्रदेश १ कि संगीता राई, वेष्ट व्याट्सम्यान प्रदेश ७ कि कविता जोसी, प्लेयर अफ द टुर्नामेन्ट प्रदेश १ कि रुविना क्षेत्री भइन् । दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य विनोद मैनालीको प्रमुख आतिथ्यतामा विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र दिइयो ।

प्रकाशित : वैशाख १०, २०७६ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?