चेल्सी च्याम्पियन्स लिगमा छनोट
लन्डन — चेल्सी अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि आइतबार राति छनोट भएको छ । उसले शीर्ष चारमा रहन वाटफोर्डलाई ३–० ले हरायो ।
अर्को खेलमा आर्सनलले ब्राइटनस“ग १–१ को बराबरी खेलेपछि चेल्सी भाग्यमानी सावित भयो । चेल्सी ७१ अंक बटुल्दै तेस्रोमा छ । चौथोमा टोटनहमको ७० अंक छ र उसको पनि छनोट लगभग निश्चित जस्तै भएको छ ।
एक चरणको खेल बा“की रहेको स्थितिमा आर्सनलको ६७ अंक छ र गोल अन्तरमा टोटनहमभन्दा धेरै पछाडि छ । आइतबारको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले हर्डसफिल्डविरुद्ध १–१ को बराबरी खेल्यो ।
म्यानचेस्टर ६६ अंकमा छैटौंमा छ ।
प्रतिक्रिया