कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईपीएल खेलेर फर्किएका सन्दीपले भने, 'पूर्ण सन्तुष्ट छुइनँ'

'राम्रो अनुभव भयो तर टिम फाइनल पुग्न सकेन् । म आफ्नो प्रदर्शनबाट सन्तुष्ट छु, तर पूर्ण सन्तुष्ट छुइनँ । अझ अवसर पाएको भए राम्रो गर्न सक्थें जस्तो लाग्छ,' 
कुशल तिमल्सिना

काठमाडौँ — नेपाली युवा बलर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो पटक अनुभव बटुली फर्किएका छन् । सन्दीपले दिल्ली क्यापिटलबाट ६ खेल खेल्दै ८ विकेट लिएका थिए । उनको टोली क्वालिफायर्स २ मा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्ससँग सजिलै पराजित भएपछि फाइनल पुग्न चुकेको थियो ।

आईपीएल खेलेर फर्किएका सन्दीपले भने, 'पूर्ण सन्तुष्ट छुइनँ'

'राम्रो अनुभव भयो तर टिम फाइनल पुग्न सकेन् । म आफ्नो प्रदर्शनबाट सन्तुष्ट छु, तर पूर्ण सन्तुष्ट छुइनँ । अझ अवसर पाएको भए राम्रो गर्न सक्थें जस्तो लाग्छ,' आइतबार साँझ दिल्लीबाट काठमाडौं फर्किएपछि सन्दीपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने, 'दिल्लीको ब्याटिङ अलिक कमजोर भयो । त्यो दिन हाम्रो थिएन ।'


सन्दीपले अब आफू केही समय आराम गर्ने जनाए । 'लामो समयपछि ब्रेक पाएको छु, ब्याक पेन पनि छ । परिवारलाई समय दिन्छु । यहाँ प्रधानमन्त्री कप हुन लागेको छ, तर म खेल्दिन्,' उनले भने । सन्दीप आईपीएलको सिजन सुरु हुन केही दिनअघि मात्र दिल्ली पुगेका थिए । २-३ दिनको अभ्यासले मात्र उनलाई सुरुआती खेलहरूमा दिल्लीको प्लेयिङ ११ मा स्थान दिलाएको थिएन ।


दिल्लीले मार्च ३० मा कोलकाता नाइटराइडर्सविरूद्ध खेलेको खेलबाट सन्दीपले मौका पाएका थिए, जहाँ उनले ४ ओभरमा २८ रन खर्चेर निखिल नाइकको विकेट लिएका थिए । त्यसपछि किंग्स ११ पञ्जाबविरूद्ध २७ रन खर्चेर २ र सनराइज हैदराबादविरूद्ध ३२ रन खर्चेर १ विकेट लिएका थिए । सन्दीपले नियमीत विकेट लिनुका साथै रन अंकुशमा पनि पकड देखाएका थिए । त्यसपछि भने सन्दीप लय बिगि्रन लाग्यो र चुटिन् पुगे । रोयल च्यालेन्जर बेङ्लोरविरूद्ध १ विकेट लिएका उनले ४ ओभरमा ४६ रन खर्चे । ट्वान्टी-२० मा उनले आफ्नो सबैभन्दा खर्चिलो बलिङ गर्न पुगे । पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट खेल्दै इस्लामाद युनाइटेडविरूद्ध पनि सन्दीपले ४६ रन खर्चिन पुगेका थिए ।


दिल्लीमै किंग्स ११ पञ्जाबसँग खर्चिलो बलिङ गरे पनि सन्दीपका लागि विशेष म्याच रहयो । उनले त्यसमा ४० रन खर्चेर ३ विकेट लिए । सन्दीपलाई सो खेलमा 'स्टाइलिस प्लेयर' को अवार्डसँगैं एक लाख भारु प्रदान गरिएको थियो । अर्को खेल सन्दीपलाई पुन विर्सन लायक रहयो । उनले त्यसमा ३ ओभरमा ३६ रन खर्चे । आईपीएलमा यो पहिलो खेल थियो, जहाँ सन्दीपले विकेट लिएका थिएनन् ।


त्यसपछि दिल्लीले सन्दीपमाथी विश्वास देखाएनन् । दक्षिण अफ्रिकी तीव्र बलर जोडि कागिसो राबाडा र क्रिस मोरिस दिल्लीका पछिल्ला खेलमा नरहे पनि सन्दीपले मौका पाएनन् । सन्दीपले भने, 'आईपीएलमा क्रिकेट संस्कार छ, विश्व भरीका उत्कृष्ट क्रिकेटर खेल्न यसमा लालयित छन् । त्यसैले यो अरु भन्दा भिन्न छ । त्यसैले सजिलै छैन ।' गत सिजन दिल्ली प्ले अफ दौडबाट बाहिरिएपछि अन्तिम तीन खेलमा मौका दिदा सन्दीपले ५ विकेट लिएका थिए । त्यहीबाट उनको ख्याति चुलिएको थियो ।

प्रकाशित : वैशाख २९, २०७६ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?