कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संकटा फाइनलमा

भरतपुर गोल्डकप 

चितवन — घरेलु टोली चितवन-११ पेनाल्टी प्रहारमा चुक्दा संकटा क्लब नारायणगढ क्याम्पचौरमा जारी भरतपुर गोल्डकप फुटबलको फाइनल पुगेको छ । बुधबार पहिलो सेमिफाइनलमा संकटाले चितवनलाई पेनाल्टी शुटआउटमा ४-२ ले हरायो ।

निर्धारित समयको खेल गोलरहित भएपछि निर्णयका लागि पेनाल्टी शुटआउटको सहारा लिनुपरेको थियो ।


खेल अवधिभर चितवनले संकटालाई राम्रै चुनौती दिएको थियो । लगातार पोस्टतर्फ बल बढाइ रहे पनि चितवनको प्रहार गोलमा परिणत हुन सकेन । चितवनको तुलनामा संकटाले कमै अवसर पायो । केही राम्रा प्रहार चितवनका गोल रक्षक प्रदीप भण्डारीले बचाए ।


पेनाल्टी शुटआउटमा संकटाका कप्तान अमित तमाङ, अर्नेस्ट टम्पी, दीपेश आलेमगर र विष्णु गुरुङको पेनाल्टी गोलमा परिणत भयो । चितवनका कप्तान रुमेश बर्तौला र विनोद तामाङमात्र गोल गर्न सफल भए । रन्जित आलेमगर र जीवन गुरुङको प्रहार संकटाका गोलरक्ष्ाक प्रदीपले रोकेपछि फाइनल पुग्ने चितवनको सपना चकनाचुर भयो ।


अर्को सेमिफाइनलमा बिहीबार एपीएफ क्लब र झापा-११ भिड्दै छन् । फाइनल शनिबार हुँदैछ ।

प्रकाशित : जेष्ठ १, २०७६ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?