कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मीको गतिलो सुरुआत

काठमाडौँ — ब्याटिङमा राजु रिजाल र बलिङमा शाहब आलमले उत्कृष्ट इनिङ्स खेलेपछि प्रधानमन्त्री कफ राष्ट्रिय एकदिवसीय क्रिकेटको शुत्रबार उद्घाटन खेलमा त्रिभुवन आर्मीले प्रदेश २ विरुद्ध १ सय ७१ रनको फराकिलो जित दर्ता गरेको छ । 

आर्मीको गतिलो सुरुआत

कीर्तिपुरस्थित क्रिवि त्रिकेट मैदानमा शुक्रबार आर्मीले २ सय ७९ रनको लक्ष्य पछ्याएको प्रदेश २ टिम ३१.४ ओभरमा १ सय ७ रनमै समेटियो । प्रदेश २ को इनिङ्स ध्वस्त पार्ने क्रममा आर्मीका स्पिनरको प्रदर्शन उत्कृष्ट थियो । शाहबले ४ र सुशन भारीले ३ विकेट लिए ।


९ ओभर बलिङ गरेका शाहबले २९ रन खर्चेर ४ विकेट लिए । ६.४ ओभर बलिङ गरेका सुशनले १ मेडन राख्दै २० रनमात्र खर्चिए । ७ ओभरमा ३ मेडन राख्दै ११ रन खर्चेका जितेन्द्र मुखियाले पनि २ विकेट झारे । ३ ओभरमा १५ रन दिएका कुशल मल्लले २ विकेट लिए ।


कसिलो बलिङसामु अपेक्षाकृत कमजोर प्रदर्शन गरेको प्रदेश २ का लागि हरिशंकर साहले बनाएको २१ रन नै व्यक्तिगततर्फ ठूलो स्कोर हो । उनले २८ बलमा ४ चौका प्रहार गरेका थिए । सुधीर चौधरीले १५, सम्शाद शेखले १६, सुरज पटेलले ११ र रशिद खानले नटआउट १४ रन बनाउनुबाहेक प्रदेश २ का ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।


यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ७८ रन बनाउँदा शीर्षक्रमका ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रह्यो । ओपनर राजु रिजालले सर्वाधिक ९० रनको सानदार इनिङ्स खेले ।


३६.४ ओभरमा हरिशंकर साहको बलमा शर्ट कभरमा कप्तान महबुब आलमबाट क्याचआउट हुनुअघि राजुले १ सय ९ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे ।


राजुले कप्तान विनोद भण्डारीसँग पहिलो विकेटमा १ सय २१ रनको शतकीय साझेदारी गरेका थिए । विनोदले ६१ बलमा ९ चौका मदतमा ६६ रनको योगदान गरे । म्यान अफ द म्याचसमेत बनेका राजुले दोस्रो विकेटमा हरिबहादुर चौहानसँग मिलेर ६२ रनको साझेदारी गरेका थिए । हरिले ४४ बलमा २६ रन बनाए ।


छैटौं नम्बरमा ब्याटिङ गरका रोहितकुमार पौडेलले ३६ बलमा ४ चौका र १ छक्कासहित ४७ रन जोडेपछि आर्मीले विशाल योगफल खडा गरेको हो । बलिङमा प्रदेश २ का हरिशंकरले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ५५ रन खर्चिए ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?