कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्जेन्टिना कोलम्बियासँग स्तब्ध

एएफपी

साल्भाडोर — रोजर मार्टिनेज र डुभान जापाटाको गोल मदतले कोलम्बियाले कोपा अमेरिकामा शनिबार अर्जेन्टिनालाई २–० ले स्तब्ध पारेको छ । यसले लियोनल मेसीको पहिलो ठूलो उपाधि जित्ने अभियानमा धक्का लागेको छ । 

रोजर मार्टिनेज र डुभान जापाटाको गोल मदतले कोलम्बियाले कोपा अमेरिकामा शनिबार अर्जेन्टिनालाई २–० ले स्तब्ध पारेको छ । यसले लियोनल मेसीको पहिलो ठूलो उपाधि जित्ने अभियानमा धक्का लागेको छ ।


समूह बी को खेलमा मार्टिनेजले ७२ औं मिनेटमा पहिलो गोल गरे । खेल सकिन तीन मिनेट अगाडि जापाटाले गोल गर्दै कोलम्बियाको जित निश्चित पारे ।


प्रतियोगिता समूह ए मा यसअघि भएको खेलमा भेनेजुएला र पेरुले गोलरहित बराबरी खेले ।


प्रकाशित : असार १, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?