कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मी फाइनलमा

काठमाडौँ — टाइम्स क्लबलाई ६९–६१ स्कोरमा पराजित गरी त्रिभुवन आर्मी क्लब नेपाल बास्केटबल लिगको फाइनलमा पुगेको छ । मंगलबार आर्मीको फाइनल यात्रामा आयुश सिंहले पुनः एकपल्ट सानदार प्रदर्शन गरेका छन् ।

आर्मी फाइनलमा

बेस्ट अफ थ्रीका आधारमा भएको प्लेअफअन्तर्गत पहिलो खेलमा आर्मीले ७९–६५ को स्कोरले जित्दा आयुशले २४ अंकसहित म्यान अफ द म्याच प्रदर्शन गरे । अघिल्लो दिन टाइम्सले ८१–५७ को जित पाएको खेलमा आयुशले आर्मीका लागि सर्वाधिक १७ स्कोर गरेका थिए । मंगलबार आर्मीलाई सानदार जित दिलाउने क्रममा उनले २६ स्कोर गरे ।


दोस्रो खेलमा सानदार प्रदर्शनको विपरीत तेस्रो खेलमा टाइम्स क्लब निरीह देखियो । तर खेलको दुई क्वाटरसम्म अग्रता बनाएर उनीहरूले आर्मीलाई चर्को दबाब भने दिन सफल रहे । श्रीलंकाका प्रनीत उदुमालागाला र कप्तान सदीश प्रधान मिलेर ३५ अंक जोडेका थिए । तर अन्यको साथ गतिलो रहेन ।


टाइम्सले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायरमा नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । यस प्रतियोगितामा नेपाल पुलिस क्लब उच्च लयमा देखिएको छ । दुवै टिमले स्थानीय र विदेशी स्टार खेलाडीको साथमा आफू अनुकूल नतिजा कुरिरहेका छन् ।


प्रकाशित : असार ४, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?