कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिमको विजयी सुरुवात

प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिता
भवानी भट्ट

कञ्चनपुर — बुधबारदेखि महेन्द्रनगरमा सुरु भएको चौथो प्रधानमन्त्री महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिमले जीत हात पारेको हो । 

सुदूरपश्चिमको विजयी सुरुवात

टस हारेर फिल्डिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले गण्डकीलाई सस्तैमा समेटेर सहज जीत निकालेको हो । गण्डकीले दिएको ५९ रनको लक्ष्य १ विकेटको क्षतिमा पुरा गरेको हो ।


सुदूरपश्चिमका कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले १२/१२ रन बनाए । सुदूरपश्चिमको १ मात्र विकेट गण्डकीकी मनिषा उपाध्यायले लिइन् । गण्डकीले १५ रन अतिरिक्त दिएको थियो ।


पहिले ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन मात्रै बनाउन सक्यो । गण्डकीबाट सुशीला गुरुङ १७ र शिला रेग्मी १९ ले मात्रै दोहोरो अङ्क छुन सके ।


बलिङतर्फ सुदूरपश्चिमका कविता कुँवर, जानकी भट्ट र लक्ष्मी साउदले २/२ विकेट लिए भने कविता जोशीले १ विकेट लिइन् । गण्डकीका ३ खेलाडी रन आउट भएका थिए । पहिलो खेलको प्लेयर अफ दी म्याच सुदूरपश्चिकी कविता कुँवर छनौट भइन । प्रतियोगितामा ७ प्रदेश र सशस्त्र प्रहरी सहित ८ टिमको सहभागिता छ ।

प्रकाशित : असार ४, २०७६ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?