कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकाद्वारा उपाधि रक्षा

एएफपी

लियोन — अमेरिकाले अन्तर्राष्ट्रिय महिला फुटबलमा वर्चस्व जमाइरहेको साबित गर्दै चौथोपल्ट विश्वकप जितेको छ । आठौं संस्करणको फाइनलमा आइतबार युरोपको बढ्दो चुनौतीले पनि स्थान पायो ।लगातार तेस्रोपल्ट फाइनल खेलेको अमेरिकाले नेदरल्यान्ड्सलाई २–० ले हरायो ।

अमेरिकाद्वारा उपाधि रक्षा

लियोनमा उसको उत्कृष्ट खेलमा मेगान रापिनो र रोज लेभलले गोल गरे । यसको अर्थ जर्मनीले सन् २००७ मा विश्वकप जितेयता युरोपेली टिमले उपाधि हात पारेको छैन भन्ने हो । अमेरिकाका लागि विश्वकपमा यो चौथो उपाधि हो । उसलाई चार ओलम्पिक स्वर्णको कीर्तिमान साथ छ ।


समूहमा स्वीडेनभन्दा अगाडि रहेको अमेरिकाले स्पेन, आयोजक फ्रान्स र इंग्ल्यान्डलाई हराएर फाइनल यात्रा तय गरेको थियो, जहाँ उसले युरोपेली च्याम्पियनलाई पराजित गर्‍यो । थाइल्यान्डमाथि १३–० को जितसँगै विश्वकप यात्रा थालेको अमेरिकासँग युरोपेली प्रतिद्वन्द्वीसँग भने साँघुरो अन्तरमा रह्यो । ‘मेरो विचारमा हरेक वर्ष विश्वकै स्तर बढिरहेको छ । त्यसैले चार वर्षमा पक्कै पनि गाह्रो हुन्छ किनभने प्रतिद्वन्द्वी राम्रो हुन्छ नै र आएका टिम विश्वका केही उत्कृष्ट हुन्छन्,’ सन् २०१५ र अहिलेको तुलनाबारे अमेरिकी प्रशिक्षक जिल एलिसले भनिन्, ‘चुनौती बढ्दो हुनुमा हामी पाको भएको हो की खेल बढिरहेको थाह छैन । यसपालि भावनात्मक रह्यो ।’


फ्रान्समा क्वाटरफाइनल पुग्ने युरोपबाहिरको एक्लो देश अमेरिका हो । एलिस इंग्ल्यान्डमा जन्मिएकी थिइन्, त्यही हुर्किएकी थिइन् । तर, किशोरी छँदा अमेरिका सरेपछि मात्रै उनले खेलमा अवसर पाएकी थिइन् । युरोपेली क्लबले महिला फुटबलमा ठूलो लगानी गरेर ठूलो परिवर्तन आएकोबारे उनी अनविज्ञ थिइन् ।

प्रकाशित : असार २४, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?