कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फाइनलमा मुख्य तीन तत्त्व

(एएफपी)

लन्डन — आयोजक इंग्ल्यान्डले आइतबार लर्डसमा हुने फाइनलमा न्युजिल्यान्डको सामना गर्नेछ । दुवै पहिलोपल्ट विश्वकप जित्ने अभियानमा हुनेछन् । यो फाइनलका तीन निर्णायक तत्व यी हुनेछन् ।

फाइनलमा मुख्य तीन तत्त्व

इयान मोर्गनको इंग्ल्यान्ड सन् १९९२ यता पहिलोपल्ट फाइनल पुगेको छ भने न्युजिल्यान्ड सन् २०१५ को उपविजेतासमेत हो ।


मोर्गनविरुद्ध विलियम्सन

इयान मोर्गन र केन विलियम्सन दुवैसामु अवसर छ, आफ्नो देशको क्रिकेट इतिहासमा नायक साबित हुने । दुवैले आफ्नो देशलाई पहिलोपल्ट एकदिवसीय विश्वकप उपाधि दिलाउन सक्छन् । सन् २०१५ को विश्वकपमा खराब प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएपछि इंग्ल्यान्डले चार वर्षको अन्तरालमा खुबै प्रगति गरेको छ । यसक्रममा इंग्ल्यान्ड क्रिकेटले भयरहित खेल खेलिरहेको छ । अस्ट्रेलियामाथि प्राप्त सेमिफाइनल जितमा ३२ वर्षे मोर्गनले अविजित ४५ रन बनाएका थिए ।


समूह चरणमा इंग्ल्यान्डको हातबाट नमीठो हार बेहोरेको न्युजिल्यान्डले त्यसलाई बिर्साउने गरेर सेमिफाइनलमा भारतलाई पराजित गरेको छ । उनी भन्छन्, ‘फाइनलमा कुनै पनि टिम विजयी रहन सक्छ ।’ उनी मान्छन्, दुवै टिमले कसरी चुनौती सामना गर्छ, त्यसले नतिजामा धेरै अन्तर पार्नेछ । आफूले यसपल्ट विश्वकपमा खेलेका ८ इनिङ्समा उनले दुई शतक र दुई अर्धशतक प्रहार गरिसकेका छन् । उनको त्यो प्रदर्शनमा परिपक्वता पाइन्छ ।


रोयविरुद्ध गुप्टिल

अस्ट्रेलियामाथि प्राप्त सेमिफाइनल जितमा जेसन रोयले निकै आक्रामक ब्याटिङ गरे । यसक्रममा लयमा रहेका जोनी बेरिस्टोसँग मिलेर पहिलो विकेटका लागि १ सय २४ रनको साझेदारी गरे । यी दुई ब्याट्सम्यानले चार शतकीय साझेदारी गरिसकेका छन् यस विश्वकपमा । चोटकै कारण रोयले तीन खेल भने गुमाएका छन् । उनी चोटमुक्त भएर खेलमा फर्केयता इंग्ल्यान्डले ३ खेल सजिलै जितेको छ । प्रतियोगितामा उनको औसत ७१ रनको छ ।


न्युजिल्यान्डका गुप्टिल भने यस विश्वकपमा रन बटुल्न संघर्षरत छन् । उनले ९ इनिङ्समा १ सय ६७ रन मात्र बनाएका छन् । उनले चार वर्षअघि भने खुबै राम्रो खेलेका थिए । त्यसै क्रममा उनले वेस्ट इन्डिजविरुद्धको एउटै खेलमा २ सय ३७ रन बनाएका थिए । ब्याटमा कमजोर रहे पनि उनी फिल्डिङमा खुबै सटिक देखिएका छन् । उनकै थ्रोमा भारतका महेन्द्रसिंह धोनी रनआउट भएपछि न्युजिल्यान्ड फाइनल पुग्न

सकेको हो ।


हेनरीविरुद्ध वोक्स

म्याट हेनरीले सेमिफाइनलमा भारतको माथिल्लो क्रमलाई खुबै दबाबमा राखेका थिए । उनको प्रदर्शन धेरै हदसम्म न्युजिल्यान्डलाई विश्वकप उपाधि दिलाउन निर्णायक हुनेछ । उनले त्यस खेलमा ३७ रन दिएर ३ विकेट लिए । त्यसमा रोहित शर्माको विकेट सबैभन्दा महत्त्वपूर्ण रह्यो । यी पेसम्यानले ८ खेलमा १३ विकेट लिएका छन् ।


यस्तै प्रदर्शन अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डका लागि क्रिस वोक्सको रहेको छ । उनले डेविड वार्नरको विकेटसँगै अस्ट्रेलियाको माथिल्लो क्रममा त्रास उत्पन्न गराएका थिए । उनले २० रन दिएर ३ विकेट लिएका थिए । वोक्सले जोफ्रा आर्चरसँग मिलेर १० खेलमा ३२ विकेट लिएका छन् ।


प्रकाशित : असार २९, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?