१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

क्युमेडलाई उपाधि

कान्तिपुर संवाददाता

(भक्तपुर) — स्तन क्यान्सरपीडितको सहयोगार्थ फुटसल प्रतियोगिता क्युमेड फर्मुलेसन प्रालिलले जितेको छ । असहाय एवं विपन्न स्तन क्यान्सरका बिरामीहरूको सहयोगार्थ शनिबार भक्तपुरमा चिकित्सक, औषधि उत्पादन तथा वितरणहरूको फुटसल प्रतियोगिता भएको हो । 

क्युमेडले मध्यपुर अस्पतालका चिकित्सकहरूको टोलीलाई ४–२ गोलले हराएर पहिलो भएको हो । क्युमेडले उपाधिसँगै नगद ७ हजार र उपविजेता मध्यपुरले भने पाँच हजार रुपैयाँ पायो । क्युमेडका हरि थापा ११ गोलका साथ सर्वाधिक गोलकर्ता बने ।


स्तन क्यान्सर सर्भाइभर समूह नयाँ उमंगद्वारा आयोजित प्रतियोगितामा ६ टिम सहभागी थिए । विजेताहरूलाई भक्तपुर क्यान्सर अस्पतालका पूर्वमेडिकल निर्देशक डा. प्रकाशराज न्यौपानले पुरस्कृत गरे । नयाँ उमंगले क्यान्सरसम्बन्धी जनचेतना फैलाउनुका साथै स्तन क्यान्सरका सर्भाइभरहरूलाई एकजुट गर्ने अध्यक्ष अनिता बस्नेतले बताइन् ।

प्रकाशित : श्रावण २६, २०७६ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?