कुम्मायकलाई अन्तरपालिका फुटबल उपाधि
पाँचथर — पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा आयोजित अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले जितेको छ ।
बिहीबार सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी फालेलुङ गाउँपालिकालाई १–० गोलअन्तरले हराउँदै कुम्मायकले पाँचौं संस्करणको कुम्मायक रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि जितेको हो । खेलको ५८ औं मिनेटमा दिल सम्बाहाङ्फेले गरेको गोल नै कुम्मायकका लागि निर्णायक बन्यो ।
विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद र ट्रफीसहित रनिङ सिल्ड प्राप्त गर्दा उपविजेता फालेलुङले ५५ हजार ५ सय रूपैयाँमा चित्त बुझाउनुपर्यो ।
चैत ११ गते सुरु भएको प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहले भाग लिएका थिए ।
प्रकाशित : चैत्र १५, २०८० २१:४५प्रतिक्रिया