२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४९

कुराँसका ६ खेलाडी भारततिर

काठमाडौँ — प्रथम दक्षिण एसियाली कुराँस च्याम्पिनसिपमा भाग लिन ६ खेलाडी बुधबार भारतको केरला गएका छन् ।

कुराँसका ६ खेलाडी भारततिर

अप्रिल १९ देखि २१ सम्म हुने प्रतियोगिताको सिनियर पुरुष ८१ केजीमुनि योगेन्द्र विष्ट, ७३ केजीमुनि पुजन श्रेष्ठ र ६० केजीमुनि अर्जुन क्षेत्रीले प्रतिस्पर्धा गर्नेछन् । महिला सिनियर ८७ केजीमाथि दीपिका अछाजु, जुनियर ६३ केजीमुनि परी घर्ती क्षेत्री र ४४ केजीमुनि दीक्षा मगरले प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षक तथा निर्णायकमा प्रवीणकाजी श्रेष्ठ र व्यवस्थापकमा ग्याल्जेन शेर्पा छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कुराँस संघका अध्यक्ष ध्रुवराज न्यौपानेलगायतले बिदाइ गरे ।

प्रकाशित : वैशाख ५, २०८१ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?