कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४११

रुपन्देही सुपर लिगको उपाधि तिरुपतीलाई

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा संचालन भएको ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वान–डे क्रिकेट प्रतियोगिताको उपाधि तिरुपती क्रिकेट क्लबले जितेको छ । उसले १२ वर्षपछि उपाधि चुम्न सकेको हो । 

रुपन्देही सुपर लिगको उपाधि तिरुपतीलाई

सिद्धार्थ क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा लिगको सर्वाधिक उपाधि विजेता लुम्बिनी खुकुरी क्लबलाई २० रनले पराजित गर्दै तिरुपतीले विजय हाँसिल गर्‍यो । योसँगै ४२ दिनसम्म चलेको लिग सम्पन्न भएको छ ।

टस जितेर ब्याटिङ गरेको तिरुपतीले निर्धारित ५० ओभरको खेलमा ४३ ओभरमा अल आउट हुँदै १ सय ७६ रन बनाएको थियो । तिरुपतीको यो निर्णय सुरुआती समयमा गलत थियो भन्ने स्थिति आइसकेको थियो । ५ विकेटको क्षतिमा मात्र ४५ रन बनाएका ब्याटरलाई सान्त्वना दिन छैटौं विकेटको लागि मैदानमा आएका एजाजुल हक मुसलमान र आनन्द गौडबीच भएको ६७ रनको साझेदारीले तिरुपतीलाई राहत मिल्यो ।

ब्याटर तुलबहादुर थापाले ४३, आनन्द गौडले ३९, एजाजुल हक मुसलमानले ३२, सन्तोष साउदले १२, कमल विकले ११ र सन्दिप मौर्यले १० रनको योगदान गरे । खुकुरीका बलर सन्तोष यादवले ४, शाहब आलमले ३, दुर्गेश गुप्ता र सन्देश जिसीले २/ २ विकेट लिन सफल भए । उक्त १७६ रनको स्कोरमा तिरुपतीलाई १६ रन अतिरिक्तको रुपमा प्राप्त भएको थियो ।

प्रतिउत्तरमा १७७ रनको विजयी लक्ष्यको साथ ब्याटिङमा आएको खुकुरीको सुरुआती खेल सन्तोषजनक नै देखियो । ४९ रन बनाउँदा मात्र १ विकेटको क्षति व्यहोरेको खुकुरी ७० रन जोड्दा ६ विकेट गुमाउन पुग्यो र उपाधीबाट चुक्यो । खुकुरी ४२.४ ओभरमा १ सय ५६ रनमा सीमित भयो ।

खुकुरीका खेलाडी प्रज्वल थापाले ३६, दुर्गेश गुप्ताले नटआउट २७, शाहब आलमले १७, सन्तोष यादवले १५ र धनबहादुर शाहीले ११ रन बनाएका थिए । खुकुरीलाई २६ रन अतिरिक्तको रुपमा तिरुपतीले दिए पनि खुकुरीलाई जितका लागि उक्त रन पर्याप्त भएन ।

तिरुपतीलाई उपाधि दिलाउन उक्त क्लबका अफ स्पिन बलर सन्दीप मौर्यले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । अन्य बलर बसिर अहमदले ३ र रोहित थापाले १ विकेट लिएका थिए । उक्त खेलको प्लेयर अफ दि फाइनल तिरुपतीका सन्दीप मौर्य घोषित भए । उनले प्लेयर अफ द सिरीजको समेत उपाधि जिते ।

त्यस्तै, नेपथ्य तिलोत्तमा क्रिकेट क्लबका आशुतोष पाण्डे उदयीमान खेलाडी, न्यु होराइजनका अमर मिश्रा बेष्ट ब्याटर र लुम्बिनी खुकुरीका अजयकुमार चौहान बेष्ट बलर घोषित भए । उनीहरु चारैजनाले जनही ५ हजार रुपैयां पुरस्कार स्वरुप प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघ को आयोजना मा २०५४ सालबाट निरन्तर चलिरहेको यस लिग २०८० फागुन २७ गतेबाट सुरु भएको थियो । जसमा डिभिजन 'बी' मा रहेका १२ क्लबबीच १४ खेल भइ २ क्लब डिभिजन 'ए’ मा उक्लिएका थिए । डिभिजन 'ए’ मा रहेका ८ क्लब र 'बी’बाट आएका २ क्लब गरी उपाधिका लागि १० क्लबबीच २१ खेल सम्पन्न भएको थियो ।

विजेता तथा उपविजेतालाई सिद्धार्थनगर नगरपालिकाका उपमेयरमा अधिकारी, जिल्ला समन्वय समितिका निवर्तमान अध्यक्ष एकराज विश्वकर्मा, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सन्जय गुरुङ, उपाध्यक्ष विनयराज भण्डारी र रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित : वैशाख ५, २०८१ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?