२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

इंग्लिस प्रिमियर लिग : लिभरपुललाई एभर्टनको धक्का

काठमाडौँ — एभर्टनले इंग्लिस प्रिमियर लिगमा बुधबार लिभरपुललाई २–० ले हराएको छ । डर्बी जितपछि एभर्टनको रेलिगेसनबाट बच्ने सम्भावना बलियो भएको छ भने लिभरपुललको लिग जित्ने सम्भावना कमजोर बनेको छ ।

इंग्लिस प्रिमियर लिग : लिभरपुललाई एभर्टनको धक्का

गुडसन पार्कमा भएको खेलमा जरार्ड ब्रान्टह्वाइटले पहिलो गोल गरेपछि डोमिनिक क्लेभर्ट–लेविनले दोस्रो गोल थपे । सन् २०१० को अक्टोबरयता एभरटन आफ्नो घरेलु मैदानमा लिभरपुलविरुद्ध विजयी रहेको हो ।

म्यानचेस्टर युनाइटेडले अर्को खेलमा सेफिल्ड युनाइटेडलाई ४–२ ले पराजित गर्‍यो । युनाइटेड दुई पल्ट पछाडि रहेर खेलमा फर्केको हो । बुधबारका अन्य खेलमा बर्नमाउथले उल्भ्सलाई १–० र क्रिस्टल प्यालेसले न्युकासल युनाइटेडलाई ४–२ ले हरायो ।

प्रकाशित : वैशाख १३, २०८१ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?