९ सय मेगावाटको संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवामा अज्ञात समूहले बम विस्फोटन गराएका छन् । बिहीबार राति चिचिला गाउँपालिका–३, पुखुवामा रहेको पावरहाउसस्थलमा ३ वटा बम विस्फोट गराएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए ।