नागरिकताबारे गृहको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले गृह मन्त्रालयबाट गत चैत १९ गते जारी परिपत्रका आधारमा नागरिकता वितरण नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

नागरिकता लिन ७ दिन

सबैला नगरपालिका-४ का सहिन्द्र र महिन्द्र महराले नागरिकताका लागि टन्टलापुर घाममा सेकिएको चार दिन भयो । उनीहरू आइतबार पनि बिहान सातै बजे जिल्ला प्रशासन कार्यालयमा लाम लागे । दिउँसो २ बज्दा पनि पालो आएन । उनीहरूजस्ता अरू २ सयभन्दा बढी व्यक्ति लाइनमा थिए ।

यार्चा खोज्न नागरिकता

हिमाली जिल्ला मनाङमा बहुमूल्य जडीबुटी यार्चागुम्बु टिप्न नागरिकता अनिवार्य गरिएको छ । सुरक्षा र व्यवस्थापनका दृष्टिबाट यार्चा टिप्नेलाई नागरिकता अनिवार्य गरिएको हो । 

अधिकृत नहुँदा नागरिकता बनाउन समस्या

जिल्लाको उत्तरी क्षेत्रमा रहेको दिङ्ला बजारमा स्थित इलाका प्रशासन कार्यालयका अधिकृत समायोजन भएर अन्यत्र गएपछि स्थानीयबासी नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित भएका छन् ।षडानन्द नगरपालिकाको दिङ्लामा रहेको इलाका प्रशासन कार्यालयमा कार्यरत शाखा अधिकृत विजय राई प्रदेश नम्बर १ मा समायोजन भएर पछि नागरिकता वितरणको कार्य बन्द भएको हो ।

नागरिकता लिन घुइँचो

कर्मचारी अभावमा गुज्रिरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीलाई नागरिकता बाँड्न हम्मे पर्न थालेको छ । वंशजको नागरिकता लिनेको संख्या ह्वात्तै बढेपछि प्रशासन कार्यालयलाई दैनिक कार्य सञ्चालनमा समेत समस्या भएको छ ।

भारतीयलाई नागरिकता बनाउन सहयोग गरेको आरोपमा जनप्रतिनिधिसहित ९ जनालाई पक्राउ पुर्जी 

कचनकवल २ का ५५ वर्षीय बमबहादुर गुरुङ र ३६ वर्षका भूपाल गुरुङ गत वैशाख १० गते जिल्ला प्रशासन कार्यालय झापा पुगे । पुग्नुको उद्देश्य थियो भूपालको वंशजको नागरिकता बनाउनु । भूपाल बमबहादुरको छोरा भएको पुष्टि गर्ने आवश्यक कागजात साथैै लगेका थिए । भूपालको नागरिकता बन्ने प्रक्रिया अघि बढ्दै थियो । 

३४ हजार नागरिकतावाहकका सन्तानलाई वंशजको नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी

सर्वोच्च अदालतले २०५४ सालमा बाँडिएका ३४ हजार नागरिकतावाहकका सन्तानलाई तत्काल वंशजको नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

४ दिनमा साढे ५ सयलाई नागरिकता

जिल्ला प्रशासन कार्यालयको संयोजनमा आठबिसकोट नगरपालिकामा आयोजना गरिएको चारदिने घुम्ती शिविरमा साढे पाँच सयले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । नगरपालिकाको १ देखि ६ नं. वडाका ५ सय ६० ले घरआँगनमै नागरिकता पाएका हुन् । 

नागरिकता लिनेको भीड थामिनसक्नु

जिल्ला प्रशासनमा नागरिकता लिन आउनेको भीड अत्यधिक बढेको छ । ०६३/६४ मा जन्मको आधारमा नागरिकता लिएकाका छोराछोरीले वंशजका आधारमा नागरिकता लिन आउने क्रम बढेपछि कार्यालयमा ठूलो भीड देखिएको हो ।

नागरिकता लिनेको भीड

जिल्ला प्रशासन कार्यालयमा केही दिनयता सेवाग्राहीको चाप बढेको छ  । सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका अभिभावकलाई वंशजका आधारमा नागरिकता दिन सरकारलाई निर्देशन दिएपछि यहाँ सेवा लिनेको भीड देखिएको हो  ।

२ दिन हिंडेर नागरिकता

‍सोरु गाउँपालिका २, नचाराका २० वर्षीय दलजित नेपाली दुई दिन पैदल हिंडेर नेपाली नागरिकताको प्रमाणपत्र लिन सोमबार सदरमुकाम आइपुगेका छन् । उनीसँगै नागरिकता लिन ३१ वर्षीया लक्ष्मी नेपाली पनि सदरमुकाम पुगेकी थिइन्  ।