२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६
विज्ञान र प्रविधि

Technology

इन्टरनेट सेवा प्रदायकलाई आपसमा गाभिन प्रोत्साहन गरिने

टेलिभजन, एफएम रेडियोसँगै इन्टरनेट सेवा प्रदायकलाई एकआपसमा गाभिन सरकारले प्रोत्साहन गर्ने नीति अवलम्बनको घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले टेलिभजन, एफएम र इन्टरनेट सेवा प्रदायकलाई एकआपसमा गाभिन प्रोत्साहन गरिनेबारे जानकारी दिए ।

इन्टरनेट सेवा प्रदायकलाई आपसमा गाभिन प्रोत्साहन गरिने

सातै प्रदेशमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालन गरिने

सरकारले काठमाडौं उपत्यकासहित प्रत्येक प्रदेशमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सरकारले आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा अघि बढाउनले घोषणा गर्दै सूचना प्रविधि वर्क स्टेसनको अवधारणा अघि सारेको हो ।

सातै प्रदेशमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालन गरिने
वैशाख २७, २०८१

अमेरिकी कानुनविरुद्ध टिकटकले हाल्यो मुद्दा

दुई साताअघि लागू गरिएको टिकटकसम्बन्धी कानुनलाई लिएर सो भिडियो सेयरिङ एप र त्यसको प्यारेन्ट कम्पनी बाइटडान्सले अमेरिकी सरकारविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । चिनियाँ कम्पनी, बाइटडान्सले आफ्नो अमेरिकी बजारको स्वामित्व बिक्री नगरे टिकटक एपमाथि प्रतिबन्धको सामना झेल्नुपर्ने व्यवस्थासहितको सो कानुन असंवैधानिक भएको आरोप लगाएको छ ।

अमेरिकी कानुनविरुद्ध टिकटकले हाल्यो मुद्दा
वैशाख ११, २०८१

को बन्ला विश्वको पहिलो मिस एआई ?

एक महिनाभित्र डिजिटल दुनियाँमा एउटा रोचक कार्यक्रम हुँदै छ– मिस एआई । यो हो, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को मद्दतले बनाइएका मोडलहरूको सौन्दर्य प्रतियोगिता । विश्वमा पहिलो पटक हुन लागेको यो कार्यक्रममा आवेदन यही अप्रिल १५ मा खुला गरिएको छ । 

को बन्ला विश्वको पहिलो मिस एआई ?
वैशाख ८, २०८१

चीनले हटाइदियो ह्वाट्स्एप, थ्रेड्स, टेलिग्राम र सिग्नल

अमेरिकी कम्पनी, मेटा प्लाटफर्मले बनाएका ह्वाट्स्एप र थ्रेड्स एप चीनमा उपलब्ध नहुने गरी आफ्नो अनलाइन स्टोरबाट हटाउन चीनले एप्पललाई निर्देशन दिएको छ । त्यहाँको इन्टरनेट सेवाको नियामक ‘साइबरस्पेस एड्मिनिस्ट्रेसन’ ले राष्ट्रिय सुरक्षा चासोका कारण ती दुईसँगै टेलिग्राम र सिग्नल एप पनि चीनमा उपलब्ध नहुने बनाउन एप्पललाई निर्देशन दिएको रोयर्टसले जनाएको छ ।

चीनले हटाइदियो ह्वाट्स्एप, थ्रेड्स, टेलिग्राम र सिग्नल

फस्टाउँदै अन्तरिक्ष पर्यटन

अमेरिकी अर्बपति जेफ बेजसको अन्तरिक्ष प्रविधिसम्बन्धी कम्पनी ‘ब्लु ओरिजिन’ ले अन्तरिक्ष भ्रमणमा जान लागेका ६ जना पर्यटकको नाम र विवरण हालै सार्वजनिक गरेको छ । दुई साताअघि सार्वजनिक गरिएका पर्यटकमा अन्तरिक्ष इतिहासका विशिष्ट व्यक्ति मानिने एड ड्वाइटसहित सगरमाथा आधार शिविरलगायत नेपाल घुमेकी पूर्वलेखापाल क्यारोल स्कालर छन् ।

फस्टाउँदै अन्तरिक्ष पर्यटन
चैत्र २९, २०८०

होम रोबोट बनाउँदै एप्पल

केही समयअघिसम्म विद्युतीय स्वचालित कार बनाउन तम्सिएको एप्पल कम्पनी अहिले व्यक्तिलाई घरभित्र लुखुरलुखुर पछ्याउने र विभिन्न काममा सघाउनसमेत सक्ने फुच्चे ‘मोबाइल रोबोट’ निर्माणमा लागेको बुझिएको छ । एआईमा आधारित सेन्सर, क्यामरा र चिपसेटसहितको होम रोबोटसँगै एप्पलले स्वचालित रूपमा चल्ने डिस्प्ले भएको ‘टेबलटप होम डिभाइस’ पनि बनाइरहेको अमेरिकी प्रविधि पत्रकारहरूले फेला पारेका हुन् ।

होम रोबोट बनाउँदै एप्पल
चैत्र १७, २०८०

अमेरिकी संघीय निकायमा प्रमुख एआई अधिकृत नियुक्त गर्नुपर्ने निर्देशिका जारी

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सुरक्षित र विश्वासिलो प्रयोग सम्बन्धमा अमेरिकी सरकारले आफ्ना हरेक संघीय निकायहरूमा प्रमुख एआई अधिकृति नियुक्त गर्न यो साता एक निर्देशिका जारी गरेको छ । संघीय निकायहरूमा वरिष्ठ भूमिकामा रहने गरी प्रमुख एआई अधिकृत नियुक्त गर्न र सोही नेतृत्वमा एआईका विभिन्न प्रविधि अनि प्लाटफर्म प्रयोगको व्यवस्था मिलाउन भनिएको छ । बाध्यात्मक भनिएको सो निर्देशिकामा अमेरिकी सरकारले यो वर्षभित्र नियुक्त गर्ने एआई क्षेत्रका एक सयजना व्यवसायिक व्यक्तिहरूसँग कसरी समन्वय गर्न सकिन्छ भन्नेबारे पनि उल्लेख गरिएको छ ।

अमेरिकी संघीय निकायमा प्रमुख एआई अधिकृत नियुक्त गर्नुपर्ने निर्देशिका जारी
चैत्र १५, २०८०

युट्युबले हटायो तीन महिनामा भारतका २२ लाख भिडियो

सन् २०२३ को तीन महिनामा मात्रै युट्युबले भारतका २२ लाख ५४ हजारभन्दा धेरै भिडियो हटाइदिएको जनाएको छ । भारतपछि सर्वाधिक धेरै भिडियो हटाइएको अर्को देश सिंगापुर हो । सिंगापुरबाट अपलोड गरिएका १२ लाख ४३ हजार भिडियो युट्युबले अक्टोबरदेखि डिसेम्बरबीच प्लाटफर्मबाट हटाइदिएको थियो । संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, रुस, ब्राजिल, पाकिस्तान, बंगलादेश, जर्मनी र फिनल्यान्डबाट अपलोड गरिएका भिडियो पनि युट्युबले अधिक संख्यामा हटाएको देखिन्छ ।

युट्युबले हटायो तीन महिनामा भारतका २२ लाख भिडियो
चैत्र १२, २०८०

नेपाल सम्वत्‌को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण

राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामक सफ्टवेयर र ‘नेपाल सम्वत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।

नेपाल सम्वत्‌को ‘सफ्टवेयर’ र ‘एप’ सरकारलाई हस्तान्तरण