कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेसबुक प्रयोगकर्ता बढेको बढ्यै

भारत, इन्डोनेशिया र फिलिपिन्समा उल्लेख्य वृद्धि ।
एजेन्सी

क्यालिफोर्निया — समाजिक सञ्जाल फेसबुकमार्फत जाशुशी तथा व्यक्तिगत सूचना चोरी हुने गरेको समाचार सार्वजनिक भएपनि यसका प्रयोगकर्ताको संख्या भने निरन्तर रुपमा वृद्धि भइरहेको छ । 

फेसबुक प्रयोगकर्ता बढेको बढ्यै

फेसबुकका अनुसार कम्तीमा महिनाको एकपटक फेसबुक चलाउने प्रयोगकर्ताको संख्या ९ प्रतिशतले वढेको छ । कम्पनीका अनुसार हाल फेसबुक प्रयोगकर्ता २ अर्ब ३२ करोड पुगका छन् । विभिन्न देशका सरकारी निकाय तथा अभियन्ताहरुले फेसबुक मार्फत सुरक्षा चुनौति तथा तथ्यांक चोरीको कारण देखाउँदै यसको प्रयोग नगर्न सुझाव दिंदै आएका छन् ।

तर त्यसका वाबजुद फेसबुक प्रयोगकर्ताको संख्यामा भने निरन्तर वृद्धि भइरहेको हो । फेसबुकका संस्थापक मार्क जुकरबर्गले ‘फेसबुकले सामाजिक मुद्दालाई केन्द्रित गरि आधारभूत परिवर्तन गरेको’ दाबी गरेका छन् ।


बेलायतस्थित परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुकमार्फत व्यक्तिगत तथ्यांकको चोरी गरेको तथा गोपनियता उल्लंघन गरेको दाबी सहित समाचार सार्वजनिक भएको थियो ।

खासगरी अमेरिकाको राजनीतिक विज्ञापनमा केन्द्रित क्याम्ब्रिज एनालिटिकाले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्तालाई कुनै सूचना बिना नदिई गोप्या जानकारी हात पारेको थियो ।


उक्त मुद्दामा बेलायतको तथ्यांक संरक्षण निकायले फेसबुकलाई ५ लाख पाउण्ड जरिवाना समेत गरेको थियो । बेलायतको सूचना आयोगको कार्यालयका अनुसार फेसबुकले ‘कानुनको गम्भिर उल्लंघन गरेको’ भन्दै उक्त सजाय गरेको थियो । फेसबुकले सुचना चुहिएको स्वीकार गरेपछि यसका प्रयोगकर्तामा ह्रास आउनसक्ने आंकलन गरिएको थियो ।


त्यसयता कम्पनीको शेयर मुल्यमा भने भारी गिरावट आएको थियो । तर विश्लेषकहरुको आंकलनविपरीत प्रयोगकर्ता भने थपिएका छन् । फेसबुकले सन् २०१८ मा २२.१ अर्ब डलर नाफा गरेको थियो । जुन एक वर्ष अघिको भन्दा ३७ प्रतिशतले बढी हो ।


बीबीसीका अनुसार भारत, इन्डोनेशिया र फिलिपिन्समा फेसबुक प्रयोगकर्ताहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । तर क्यानडा र अमेरिकामा भने प्रयोगकर्ताको संख्या यथावत रहेको जनाइएको छ ।

प्रकाशित : माघ १७, २०७५ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?