कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिगो विकास लक्ष्य अब एपमा

कान्तिपुर संवाददाता

काठमाडौँ — 'दिगो विकास लक्ष्य' अब मोबाइल एपमा हेर्न पाइने भएको छ । एनड्रोइड मोबाइल एपमार्फत डाउनडोड एप नेपाली र अंग्रेजी भाषामा हेर्न सकिन्छ । 'दिगो विकासबारे सबैलाई जानकार बन्न यसले सजिलो बनाउँछ' शुक्रबार एक कार्यक्रमबीच एप सार्वजनिक गर्दै एपका डेभ्लपर सन्तोष भण्डारीले भने, 'एपमा नेपालको लक्ष्यबारे पनि अपडेट हुँदै जानेछन् ।'

एपले विशेषगरी दिगो विकास लक्ष्यका विद्यार्थी, अन्वेषक र यस क्षेत्रमा काम गर्ने व्यक्ति लाभान्वित हुन सक्ने उनले बताए । यो एप बियोण्ड बेइजिङ कमिटी भोलिन्टरी सर्भिस अर्गनाइजेशन संस्थाको आर्थिक सहयोगमा बनेको हो । यो एप केही दिनमा गुगल प्ले स्टोरमा देखिनेछ । दिगो विकास लक्ष्यका धेरैजस्ता मुद्दाहरू महिला र बालबालिकासम्बन्धी भएकाले यो एपमार्फत धेरै लक्षित वर्ग यसबारे जानकार बन्न सक्ने महिला आयोगका सचिव अनिलकुमार ठाकुरले बताए । उनले भने, 'आजभोलि किताब नै पल्टाएर पढ्ने भन्दा प्रविधि प्रयोग गरी पढ्ने छन्, दिगो विकासबारे पनि मोबाइलमै हेर्न मिल्ने भएपछि धेरैले यसबारे जान्नबुझ्न सक्छन् ।'



प्रकाशित : फाल्गुन ११, २०७५ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?