यसरी समातियाे २३५ किलो चरेश

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले २ सय ३५ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । धार्दिङको गजुरी गाउँपालिका १ स्थित गजुरी बजारबाट मुग्लिङहुँदै चितवन जाँदै गरेको भारतीय नम्बरको कन्टेनर ट्रकको क्याबिनमा लुकाई राखेको चरेस प्रहरीले बरामद गरेको हो ।

क्याबिनमाथी फल्स बटम बनाएर १२ वटा बोराभित्र २ सय ३३ वटा प्लास्टिकका पोकाभित्र चरेस लुकाइएको थियो। प्रहरीले भारतको उत्तर प्रदेश एटा निघौली खुर्द, चितापुर ग्राम घर भएका ट्रक चालक सतेन्द्र सिंह बेघल र पर्साको पटेर्वा सुगौली गाउँपालिका १ घर भएका लाल महम्मद गद्यीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार लाल महम्मद लामो समयदेखि लागु औषधको अवैध ओसारपसारमा संग्लन रहँदै आएका थिए। उनी लागु औषध चरेस ओसारपसारको अभियोगमा भारतीय जेलमा तीन वर्ष ६ महिना कैद भुक्तान गरेका व्यक्ती हुन्। प्रहरीले बरामद चरेसको अवैध बजार मुल्य पचास लाख हाराहारीमा रहेको अनुमान गरेको छ।

प्रकाशित : पुस १९, २०७५ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संवैधानिक इजलासबाट हटाइए जोशी, १ नम्बर चेम्बर पनि खोसियो

कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई संवैधानिक इजलासबाट हटाइएको छ ।बिहीबार बसेको न्यायपरिषद् बैठकले उनको ठाउँमा मिरा खड्का र हरिकृष्ण कार्कीलाई संवैधानिक इजलासका लागि तोकेको छ ।

परिषद्कै बैठकले मेलमिलाप परिषद्को अध्यक्षबाट जोशीलाई हटाएर न्यायाधीश ईश्वर खतिवडालाई जिम्मेवारी दिएको छ। बिहीबार नै जोशीले वरिष्ठतम् न्यायाधीशको हैसियतमा पाउने १ नम्बर चेम्बरसमेत खोसिएको छ।

उनलाई सर्वोच्च अदालतको अर्को कोठा दिइएको स्रोतले बतायो।१ नम्बर इजलासको चेम्बर जोशी पछिका वरिष्ठतम् न्यायाधीश दीपक कार्कीलाई दिएको छ।

प्रकाशित : पुस १९, २०७५ १७:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT