ल्हाेछारमा भव्य झाँकी

कान्तिपुर संवाददाता

काठमाडौँ — आदीवासी जनजाति अन्तगर्तकाे तामाङ समुदायले चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार कुकुर वर्षलाई बिदाई गरी सुँगुर वर्षलाई स्वागत गरेकाे छ । २८५५औँ सोनाम ल्होछारकाे अवसरमा  मंगलबार नेपाल तामाङ घेदुङको संयोजकत्वमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात् ख्रेला छेपा गिकका दिन सोनाम ल्होछार मनाउने गरिन्छ। टुँडिखेलको ल्होछार कार्यक्रम उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे। ल्हाेछारकाे अवसरमा ज्यापु तथा लिम्बु समुदायले पनि झाँकी प्रदर्शन गरे।

वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणालीअनुसार गणना गरिने प्राचिन पद्धति हो। नेपालका तामाङ सहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात् सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेसिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरक फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइन्छ।

ल्होछारको अवसरमा आज घरघरमा पूजापाठ, खानपिन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामूहिक रुपमा पनि विविध कार्यक्रम गरी मनाउने चलन छ।

प्रकाशित : माघ २२, २०७५ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

टुँडिखेलमा तामाङको सोनाम ल्होछार [फोटोफिचर]

कान्तिपुर संवाददाता

काठमाडौँ — देश-विदेशमा रहेका तामाङहरुले मंगलबार सोनाम ल्होछार अर्थात् नयाँ वर्ष मनाइरहेका छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात् ख्रेला छेपा गिकका दिन सोनाम ल्होछार मनाउने गरिन्छ । ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङको संयोजकत्वमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

बिहान ११ बजेपछि शान्तिवाटिका रत्नपार्कबाट झाँकिसहित निस्केको र्‍याली टुँडिखेलमा जम्मा भएका छन् । समारोहमा प्रधानमन्त्री केपी ओली सहभागी हुने ल्होछार मूल समारोह समितिले जनाए पनि उनी उपस्थित छैनन् ।

टुँडिखेलको ल्होछार कार्यक्रम उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन् । कार्यक्रममा विभिन्न दलका अध्यक्ष एवं प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरु सहभागी छन् । यस्तै उपत्यका बाहिरका नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, रसुवालगायद देशका अधिकांश जिल्लामा रहेका तामाङहरुले ल्होछार मनाइएका छन् । त्यस्तै विदेशमा रहेका तामाङहरुले पनि ल्होछार मनाउने गर्छन् ।

ल्होछारको अवसरमा आज घरघरमा पूजापाठ, खानपिन, ठूलाबडाबाट टीका तथा आशीर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामूहिक रुपमा पनि विविध कार्यक्रम गरी मनाउने चलन छ । चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्षलाई बिदाई गरी सुँगुर वर्षलाई स्वागत गरिएको छ । यो २८५५औँ सोनाम ल्होछार हो ।

वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणालीअनुसार गणना गरिने प्राचिन पद्धति हो । नेपालका तामाङसहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात् सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेसिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरक फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइन्छ ।


प्रकाशित : माघ २२, २०७५ १७:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT