नफेरिएको बझाङेली महिलाको दैनिकी

कान्तिपुर संवाददाता

बझाङ — अमृता सिंह । उमेर ३२ । सुदूरपश्चिमको हिमाली जिल्ला बझाङकाे थलारा गाउँपालिकाकी उनी एकाबिहानै उठ्छिन् । हातमुख धुन्छिन् र ओखलमा धान कुट्न थाल्छिन् । उनको दिनचर्या यसैगरी सुरु हुन्छ ।

७ जनाको परिवार छ। एक छाक पुग्ने धान कुट्न दुई घण्टा लाग्छ। चामलतुमल ठिक्क पारेर घाँसदाउरा जान्छिन्। फर्कंदा सासुले खाना पकाएर राखेकी हुन्छिन्।

Citizen


अमृता मात्रै होइन, बझाङका अधिका‌श छोरीबुहारीको दैनिकी यसरी नै सुरु हुन्छ। एकाबिहानै उठेर ओखलमा धान कुट्नु बुहारीहरुको अनिवार्य जिम्मेवारीभित्र पर्छ। छाउ (महिनावारी)भएका बेला भने कुट्नुपर्दैन। छोइछिटो भएर पाप लाग्ने भन्दै अरु महिला सदस्यलाई कुट्न लगाइन्छ।



छाउप्रथा कतिसम्म छ भने आँगनको एक छेउमा भएको ओखलको बाटो भएर हिँड्न पनि पाउँदैनन् छाउ भएकाहरुले। कतिपयले त आँगनको डिलमाथि पारेर बनाउँछन्। बझाङ्गीहरु देवीदेवता खुब मान्छन्। लागा देवता, मष्टा देवता, सुर्मादेवी आदीलाई पुज्छन्।

फरक जीवनशैली बोकेकाबझाङेली महिलाहरुको भेषभुषाले छुट्टै परिचय गराउँछ।



तर महिलालाई हेर्ने दृष्टिकोण सुदूरपश्चिमको समाजमा अझै फेरिएको छैन। शिक्षा, स्वास्थ्य, चेतनाका हिसाबले निकै पछाडि छन् यहाँका महिला।


छाउपडी प्रथा, बालविवाह, घरेलु हिंसा, छुवाछूत सामाजिक विभेद भोग्दै आएका छन्। महिला तथा बालबालिका कार्यालय बझाङको तथ्याङ्कअनुसार ५३ प्रतिशत बालविवाह हुने गर्छ।


पछिल्लो समयमा गाउँमा रोजगारीको अभावले गर्दा हातमुख जोर्न थुप्रै युवापुस्ताका पुरुषहरु विदेश पलायन भएका छन्।


उनीहरु घरमा नभएपछि घर व्यवहार र खेतीपातीकाे जिम्मेवारी महिला, केटाकेटी र वृद्धवृद्धाको काँधमा आइपरेको छ। जस्तोसुकै शारीरिक परिश्रम गर्न बाध्य छन् उनीहरु।



शब्द र तस्बिर :विद्या राई / वसन्तप्रताप सिंह

प्रकाशित : वैशाख १०, २०७६ १८:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : महिला क्रिकेटको उपाधि एपीएफको पोल्टामा

दुर्गालाल केसी

दाङ — आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दाङको लमहीमा भएको महिला क्रिकेटको उपाधिमा एपीएफले कब्जा जमाएको छ । महिला क्रिकेटको उपाधिको लागि प्रदेश नम्बर १ र एपीएफकाका बीचमा प्रतिस्पर्धा भएको थियो । एपिएफ ८७  रनले विजयी भएको छ । महिला क्रिकेटमा दोस्रो प्रदेश नम्बर १ र तेस्रो सुदूरपश्चिम प्रदेश भएको छ ।

टस जितेर प्रदेश नम्बर १ ले बलिङ गरेको थियो । एपीएफले २० ओेभरमा पुरै विकेट गुमाइ १२८ रन बनायो । जसमा ज्योति पाण्डे ४५, सिताराना मगर ४२ रन जोडिन् । बलिङतर्फ प्रदेश १ कि रुविना क्षेत्री, सवनम राई र संगिता राईले समान ३/३ विकेट लिइन् ।

प्रदेश नम्बर एक १९.४ ‌ओभरमा अलआउट हुँदै ४१ रनमा समेटिन पुग्यो । रश्मी शर्मा चौलागाई अविजित हुँदै २७ रन जोडिन् । बलिङ एपीएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २-२ विके लिइन् । प्लेयर अफ द म्याच रिता राना मगर घोषित भइन् ।

वेस्ट वलर प्रदेश १ कि संगीता राई, वेष्ट व्याट्सम्यान प्रदेश ७ कि कविता जोसी, प्लेयर अफ द टुर्नामेन्ट प्रदेश १ कि रुविना क्षेत्री भइन् । दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य विनोद मैनालीको प्रमुख आतिथ्यतामा विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र दिइयो ।

प्रकाशित : वैशाख १०, २०७६ १७:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT