पोखरामा भीषण पानी, स्कुटर बगायो

दीपक परियार

पोखरा — केहीबेर मात्रै भीषण असिनापानी पर्दा पोखराका सडकमा ठूलो भल बगेको छ ।


असिनाले मालेपाटन लगायत क्षेत्रमा तरकारीबालीमा क्षति पुर्‍याएको छ।

Citizen


सिमलचौरमा सडकमा पार्किङ गरेर राखिएका र चल्दाचल्दैका दुई स्कुटर भेलले बगायो।

दिउँसोदेखि परेको पानी केही कम भएपनि अझैं रोकिएको छैन।

प्रकाशित : वैशाख १६, २०७६ १८:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

संसदको चौथो अधिवेशन सुरु, कसले के भने ?

ऋषिराम पौडेल

काठमाडौँ — प्रतिनिधि सभा अन्तर्गत संघीय संसदको चौथो अधिवेशन सोमबारदेखि सुरु भएको छ । संसदमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले यो आर्थिक वर्ष खेर फालेको आरोप लगाएका छन् । उनले जनता निराश भएको र मुलुकमा विदेशी अनुदान घटेको बताए । देउवाले मुलुकमा भूमाफियाहरुको चलखेल बढेको बताए । 

उनले भने,‘ यो सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको भावनालाई खल्बलाएको छ। प्रेस स्वतन्त्रतामाथि आक्रमण गरेको छ। ’ कांग्रेस रचनात्मक प्रतिपक्षको भूमिकाका लागि तयार रहेको कुरा उनले उल्लेख गरे।

नेकपाका संसदीय दलका उपनेता सुवास चन्द्र नेम्बाङले देउवाको कुराहरु खण्डन गर्दै जनता निराश नभएर उत्साहित भएको बताए। उनले सरकारले पहिलो वर्ष संघीय लोकतान्त्रिक गणतन्त्रको निश्चित आधार तयार गरेको बताउँदै मुलुकमा कानूनहरु बनेको कुरा उल्लेख गरेका थिए।

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकमा अहिले पनि समस्याहरु रहेको बताए। उनले उत्पादनमा केही वृद्धि देखिएपनि मुलुकको आर्थिक अवस्था सन्तोषजनक नरहेको बताए।

बालुवाटार जग्गा प्रकरणमा आफू लगायत पूर्व प्रधानमन्त्रीहरुकहो नाम पनि जोडिएको प्रसंग निकाल्दै संयोजक भट्टराईले उचित छानबिनको माग राखे। उनले आफूबाट गल्ती भएको भए सजाय भोग्न तयार पनि रहेको बताए।

प्रकाशित : वैशाख १६, २०७६ १८:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT