१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

कर्णालीभन्दा सुदूरपश्चिम प्रदेशमा गरिबी धेरै

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० ले सात प्रदेशमध्ये गरिबीको सबैभन्दा धेरै दर सुदरपश्चिम प्रदेशमा देखिएको छ । कार्यलयका अनुसार यसअघिका तथ्याकंहरुमा गरिबीको सघनता कर्णाली प्रदेशमा भएपनि अहिले भने कर्णालीभन्दा सदूरपश्चिम प्रदेशमा गरिबीको मात्रा धेरै देखिएको छ ।

कर्णालीभन्दा सुदूरपश्चिम प्रदेशमा गरिबी धेरै

सर्वेक्षणका अनुसार सदूरपश्चिममा ३४.१६ प्रतिशत, कर्णालीमा २६.६९ प्रतिशत, लुम्बिनीमा २४.३५ प्रतिशत, मधेश प्रदेशमा २२.५३ प्रतिशत, गण्डकी प्रदेशमा ११.८८ प्रतिशत, बाग्मती प्रदेशमा १२.५९ प्रतिशत र कोशीमा १७.१९ प्रतिशत गरिबीको दर रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयको घर परिवार सर्वेक्षण शाखाका निर्देशक तीर्थ चौलागाईले प्रदेशगत रुपमा गरिबीको मापन गरिएको यो पहिलो सर्वेक्षण भएको बताए ।

जीवनस्तर सर्वेक्षणमा गरिबीको रेखामुनि रहेको जनसंख्यालाई एकल अंकमा झार्ने सरकारको लक्ष्य भएपनि गरिबी अझै २०.२७ प्रतिशत रहेको उल्लेख छ । सर्वेक्षणको निष्कर्षमा भनिएको छ, नेपालको कुल जनसंख्यामध्ये ५९ लाख ६० हजार जनसंख्या गरिबीको रेखामुनी रहेका छन् । गरिबीको रेखामुनी रहनु भनेको झण्डै ६० लाख जनसंख्याले गास बास कपास शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता समेत पुरा गर्न सकिरहेका छैनन भन्नु हो ।

सर्वेक्षणले दैनिक १.९० अमेरिकी डलर अर्थात २ सय रुपैँया पनि खर्च गर्न नसक्नेहरुलाई गरिबीको रेखामुनी राखेको छ । अर्थात दैनिक २ सय रुपैँया अर्थात बार्षिक ७२ हजार ९ सय ८ रुपैया पनि खर्च गर्न नसक्नेहरुले न्यूनतम जीवनस्तर कायम राख्न पनि सक्दैनन् ।

प्रकाशित : फाल्गुन २, २०८० १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?