१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

कहिले बनिसक्ला हेलम्बुको ‘ग्रेट ट्रेल’ ?

विमल खतिवडा

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ‘ग्रेट ट्रेल’ निर्माण थालिएको छ । ६० किलोमिटर निर्माण गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म ६ किलोमिटर निर्माण सकिसकेको छ ।

कहिले बनिसक्ला हेलम्बुको ‘ग्रेट ट्रेल’ ?

यो ठाउँबाट लस्करै देखिने जुगल, लाङटाङ, गणेश र गौरिशंकर हिमालले सबैलाई लोभ्याउने छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै ग्रेट ट्रेलको निर्माण अघि बढाइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

अहिले यो ठाउँमा आन्तरिक पर्यटक घुम्न, फोटो र भिडियो खिच्न आउने गरेका छन् । २५ सय मिटर उचाइबाट निर्माण थालिए पनि ५ हजार मिटर अग्लो ठाउँसम्म ग्रेट ट्रेल निर्माण हुने अध्यक्ष शेर्पाको भनाई छ । निर्माण सक्न ४ अर्ब रुपैयाँ लाग्ने छ । गाउँमै आकर्षक ढुंगा कुँदेर सिढिं र वाल बनाइएको छ ।


प्रकाशित : चैत्र ६, २०८० १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?