कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केरलामा विरोध प्रदर्शन चर्कियो

२ हजारभन्दा बढी पक्राउ 
एएफपी

नयाँदिल्ली — भारत केरलास्थित सबरीमाला मन्दिरमा महिला प्रवेशपछि गरिएको विरोध प्रदर्शन जारी रह्यो । 
केरलाका विभिन्न स्थानमा प्रहरी तथा प्रदर्शनकारीबीच झडपहरू भएका छन् ।

केरलामा विरोध प्रदर्शन चर्कियो

झडपमा परी दर्जनौं घाइते छन् । प्रहरीले राज्यका विभिन्न स्थानमा शनिबार हिंसात्मक गतिविधिमा संलग्न २ हजारभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । अधिकारीहरूले हालसम्म पक्राउ गरिएकाको संख्या ३ हजार नाघेको छ ।


अधिकारीहरूले शनिबार भारतीय जनता पार्टीका राज्यसभा सदस्य भी मुरलीधरनको पुख्र्यौली घरमा बम विस्फोट गराइएको छ । विस्फोटपछि घर क्षतिग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसैगरी राष्ट्रिय स्वंयसेवक संघको कान्नुरस्थित कार्यालयमा आगजनी गरिएको छ ।


गत बुधबार केरालास्थित सबरीमाला मन्दिरमा दुई महिला प्रवेश गरेपछि स्थानीय हिन्दु संगठनहरूले विरोध प्रदर्शन गर्दै आएका छन् । घटनाको विरोधमा हिन्दुवादी समूहहरूको छाता संगठन सबरीमाला कर्मा समितिले प्रदर्शनको नेतृत्व गर्दै आएको छ । भारतीय जनता पार्टी (भाजपा) ले विरोध प्रदर्शनको समर्थन गर्दै आएको छ ।


सबरीमाला मन्दिरमा करिब ८ सय वर्ष अघिदेखि रजश्वला हुने उमेरका महिलालाई रोक लगाइँदै आएको थियो । तर सर्वोच्च अदालतको आदेशअनुसार बुधबार २ महिलालाई प्रवेश गराइएपछि विरोध सुरु भएको हो ।


हिन्दुवादी संगठनले मन्दिरको परम्परा बचाउन महिलालाई मन्दिर प्रवेशमा रोक लगाउनुपर्ने बताउने गरेको छ ।

प्रकाशित : पुस २२, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?