कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तर कोरियाली नेता किम तीन दिने चीन भ्रमणमा

काठमाडौँ — उत्तर कोरियाका नेता किम जोङ उन चिनियाँ राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा ३ दिने चीन भ्रमणका लागि रेल चढेर बेइजिङ पुगेका छन् । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार किम आफ्नो श्रीमती री सोल जुका साथमा बेइजिङ पुगेका हुन् ।

उत्तर कोरियाली नेता किम तीन दिने चीन भ्रमणमा

किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पुन: भेटवार्ताका लागि समय र स्थानबारे छलफल भइरहेको अवस्थामा भएको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


यो पनि पढ्नुहोस् : अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङबीच ऐतिहासिक भेट


किमले उत्तरको भागडोर सम्हाले पछिको यो चौथो औपचारिक चीन भ्रमण हो । चीन उत्तरको प्रमुख कुटनीतिक सम्बन्ध भएको राष्ट्र हो ।


प्रकाशित : पुस २४, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?