कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

पत्रकारको जेल सजायविरुद्धको अपिल खारेज

एएफपी

यांगुन — समाचार संस्था रोयटर्सका दुई पत्रकारलाई म्यान्मारमा दिइएको ७ वर्षको जेल सजायविरुद्ध गरिएको अपिललाई एक अदालतले खारेज गरिदिएको छ ।

पत्रकारको जेल सजायविरुद्धको अपिल खारेज

रोयटर्समा कार्यरत ३२ वर्षीय वा लोन र २८ वर्षीय क्याव सोए ओलाई राज्यको सुरक्षा कानुन उल्लंघन गरेको आरोपमा सन् २०१७ को डिसेम्बरमा पक्राउ गरिएको थियो ।

राखिने राज्यको सुरक्षामा प्रश्नचिहन उठ्ने गरी यी पत्रकारहरुले गोप्य सूचना सम्पेषण गरेको म्यान्मार सरकारले आरोप लगाइएको हो ।


क्षेत्रीय उच्च अदालतका न्यायाधीश आङ नाइङले शुक्रबार लोन र ओले आफूहरुविरुद्ध सुनाइएको जेल सजायविरुद्ध गरेको अपिल खारेज गर्ने अदालतको निर्णय भएको बताए ।


लोन र ओ पक्राउ परेपछि अन्तर्राष्ट्रिय समुदाय र सञ्चारमाध्यमले प्रेस स्वतन्त्रताको हनन भएको आरोप लगाउँदै आएका छन् । तर म्यान्मार सरकार भने उनीहरुप्रति पत्रकारप्रति अनुदार देखिएको छ ।


म्यान्मारको राखिने राज्यमा सन् २०१७ मा भएको सैनिक दमनका कारण ७ लाख २० हजारभन्दा बढी रोहिंग्या मुस्लिम समुदाय विस्थापित भएका थिए । उनीहरु हाल बंगालदेशमा शरणार्थी जीवन बिताइरहेका छन् ।

सैनिक दमनका क्रममा रोहिंग्या मुस्लिमहरुको बलात्कार तथा हत्या गरिनुका साथै उनीहरुका घरमा आगजनी गरिएको राष्ट्रसंघी निकायको दाबी छ ।

प्रकाशित : पुस २७, २०७५ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?