कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीन र भारत दशकभित्र शक्तिशाली अर्थतन्त्र

लन्डन — आगामी दस वर्षमा चीन र भारत क्रमश: विश्वको पहिलो र दास्रो शक्तिशाली अर्थतन्त्र भएका मुलुकका रूपमा उदय हुने प्रक्षेपण गरिएको छ । हालको शक्तिशाली अर्थतन्त्र अमेरिका तेस्रो स्थानमा पुग्ने बेलायती बैंक स्टान्डर्ड चार्टर्डले २०३० पछि विश्व अर्थतन्त्रमा पुग्ने ठूला दस देशको अन्वेषणपछि उक्त प्रक्षेपण गरेको हो ।

चीन र भारत दशकभित्र शक्तिशाली अर्थतन्त्र

यस समयमा चीनको अर्थतन्त्रको कुल गार्हस्थ उत्पादन (जीडीपी) ६४.२ ट्रिलियन डलर तथा भारतको ४६.३ ट्रिलियन डलर पुग्ने अनुमान छ ।


इन्डोनेसिया र टर्की चौथो तथा पाँचांै स्थानमा रहने छन् । अर्थतन्त्रको हिसाबले एसिया महादेश शक्तिशाली रहने दाबी गरिएको छ । लामो अवधिको अर्थतन्त्रको वृद्धिदर मध्यनजर राखी विश्वको कुल गार्हस्थ उत्पादनले विश्व जनसंख्याको हिसाबमा प्रतिव्यक्ति आय हिसाब गरिएको हो । यसमा विकसित र विकासोन्मुख देशको अर्थतन्त्रको अनुपातमा यस्तो निष्कर्षमा निकालिएको स्टान्डर्ड चार्टर्डले बताएको छ । देशको अर्थतन्त्रको आकार जीडीपीअनुसार बजार मूल्यअनुरूप कति सेवा र सामान उत्पादन गरिन्छ, त्यहीअनुरूप घटबढ हुन्छ ।


यस वर्ष भारतको आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा बढी हुने आंकलन गरिएको छ । यसअघिको त्रैमासिकमा ८.२ प्रतिशत थियो । औद्योगिक उत्पादन गतवर्षको ५.७ प्रतिशतबाट बढेर ८.३ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।


दक्षिण अमेरिकी महादेशबाट ब्राजिलको कुल जीडीपी ८.६ ट्रिलियन डलर भई सन् २०३० मा संसारको छैटौं अर्थतन्त्र बन्ने अध्ययनमा उल्लेख गरिएको छ । बेलायत, इटाली, फ्रान्स र क्यानडा संसारको शक्तिशाली दस अर्थतन्त्रबाट बाहिरिनेछन् । मध्यपूर्वको देशबाट इजिप्ट सातौं तथा रसिया आठौं रहनेछन् । हाल तेस्रो र चौथौं शक्तिशाली अर्थतन्त्र जापान र जर्मनी नवौं र दसौं स्थानमा झर्ने अनुमान छ ।


उदियमान देशहरूले उत्पादकत्व वृद्धि गर्न विकसित देशका आधुनिक प्रविधिको प्रयोग गर्दा उत्पादन वृद्धिदर बढी हुन्छ । जसले गर्दा युरोप अमेरिकाको गत २० वर्षको औसत जीडीपी वृद्धिदर ३ प्रतिशतभन्दा कम तर चीन तथा भारतको जीडीपी यसको दोब्बर रहेको अर्थ व्यवस्थापन जानकार विकलचन्द्र आचार्यले बताए । विकासशील देशको अर्थतन्त्र भने भविष्यवाणी गरिएजस्तो हुने निश्चित नहुने जनाउँदै आचार्यले ब्राजिलको अर्थतन्त्रबारे केही वर्षअघि गरिएको भविष्यवाणी नमिलेको उदाहरण दिए । चीन र भारतमा पनि यस्तो हुन सक्छ ।


ठूलो अर्थतन्त्रले मात्र जीवनस्तर र समृद्धिको मापन हुँदैन । जीडीपीको अनुपातमा प्रतिव्यक्ति आम्दानी चीनको वार्षिक १८ हजार डलर छ भने अमेरिकाको ६३ हजार डलर छ । त्यस्तै बेलायतको प्रतिव्यक्ति आय ४६ हजार डलर छ भने भारतको ७ हजार ८ सय डलर । चीन र अमेरिकाबीच जारी व्यापारिक तनावले विश्व अर्थतन्त्र आगामी दिनमा कुन रूपमा अगाडि बढ्ने हो भन्ने यकिन नभएको विज्ञहरूको भनाइ छ ।

प्रकाशित : माघ ५, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?