कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुटिन–अबे भेटवार्ता : कुरिल टापु विवाद अन्त्य हुने

एएफपी

मस्को — रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र जापानी प्रधानमन्त्री सिन्जो अबे कुरिल टापु विवाद अन्त्य गर्न मंगलबार सहमत भएका छन् । 
दुई नेताबीच रूसको राजधानी मस्कोमा मंगलबार भएको भेटमा उक्त सहमति भएको हो ।

पुटिन–अबे भेटवार्ता : कुरिल टापु विवाद अन्त्य हुने

दुई नेताबीचको भेटमा विश्वयुद्धको अन्त्यमा तत्कालीन सोभियत संघले नियन्त्रणमा लिएका जापानी टापुबारेको विवाद समाधानका लागि तत्काल पहल गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


जापानका चार कुरिल टापुहरूका कारण विश्वयुद्ध अन्त्यको ७ दशकपछि पनि रूस र जापानबीच औपचारिक शान्ति सम्झौता हुन सकेको छैन । वार्ताबाट विवादबारे कुनै ‘ब्रेकथ्रु’ हुन नसकेपछि समाधानका लागि पहल गर्नेमा दुई देश सहमत भएको अधिकारीहरूले बताएका छन् । रूसले युद्धबाट जितेको भनेको टापुहरूलाई फिर्ता नगर्ने बताउँदै आएको छ । तर जापानले आफ्नो भूभाग फिर्ताको माग उठाउँदै आएको छ ।


विवादका विषयमा सन् २०१३ पछि रूसी राष्ट्रपतिका रूपमा पुटिन र जापानी प्रधानमन्त्रीका रूपमा सिन्जो आवेबीच विभिन्न अवसरमा २५ पटक भेट भइकेको छ । दुई नेताबीचको सहकार्यका लागि विगतमा कुरिल टापु, ओखोस्क समुद्र र प्रशान्त महासागरबीचको विवाद तगारो बन्ने गरेको छ ।


दुई नेताबीच वार्ता सुरु हुनुपूर्व रूसी राष्ट्रपति पुटिनले अवेलाई दुवै पक्षका कूटनीतिज्ञले वार्ता र शान्तिका लागि सहमतिका विषयमा प्रशस्त काम गरेको बताएका थिए भने अबेले आफू रूससँग सम्बन्ध विस्तार गर्न इच्छुक रहेकामा जोड दिएका थिए । गत नोभेम्बरदेखि उनीहरूको राम्रो व्यक्तिगत तथा कूटनीतिक सम्बन्धका बाबजुद पनि दुई देशका राजधानीबाट केही दिन पहिले निस्केका विज्ञप्तिले उनीहरूबीच सम्झौता हुनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन् ।


रूसको स्वतन्त्र सर्वेक्षणमा कुरिल टापु जापानलाई फर्काउने विषयमा ७४ प्रतिशत नागरिक विपक्षमा देखिएका थिए भने १७ प्रतिशतले शान्ति सम्झौताका लागि रूसले जापानी भूमि फिर्ता गर्नुपर्नेमा मत जाहेर गरेका थिए । जापानी प्रधानमन्त्रीले नयाँ वर्षको अवसरमा रूसी नागरिकले उनीहरूको बस्तीमाथिको अधिकार परिवर्तन हुने कुरालाई स्वीकार गर्नुपर्ने बताएका थिए । तर अबेको भनाइलाई रूसी अधिकारीले विरोध जनाएका थिए ।


रूसी विदेशमन्त्री सर्गेई लाभरोभले जापानले कुरिल क्षेत्रलाई आफ्नो ‘उत्तरी भूमिका रूपमा’ लिन छोडिदिनुपर्ने भन्दै वासिङ्टनसँगको जापानको सैन्य गठबन्धन सहमतिका लागि बाधक बनेको बताएका थिए । उनले ‘टोकियोले कुरिलमाथिको अधिकार रूसको भएको स्विकार्नुपर्ने’ बताएका थिए ।

प्रकाशित : माघ ९, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?