कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानमा बम विस्फोट : एकको मृत्यु, १३ जना घाइते

रासस/सिन्ह्वा

इस्लामाबाद — पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार साँझ भएको एक बम विस्फोटमा परी कम्तीमा एकजनाको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका छन् । 

स्थानीय सञ्चार माध्यमका अनुसार बलुचिस्तान प्रान्तको नसिराबाद जिल्लाको प्रमुख कार्यालय रहेको डेरा मुराद जमाली इलाकमा बम विस्फोट भएको हाे ।


उद्धारकर्ता र प्रहरी टोलीले बम विस्फोटमा परी घाइते भएका व्यक्तिहरुलाई नसिराबाद जिल्लामा रहेको अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।


छदेखि आठ किलो विस्फोटक पदार्थले भरिएको उक्त बम दुर नियन्त्रित यन्त्रद्वारा विस्फोट गराइएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।


बम विस्फोट भएको इलाकामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

प्रकाशित : फाल्गुन १३, २०७५ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?