कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठूलो स‌ंख्यामा जिउँदो कछुवा बरामद

द गार्डियन/बीबीसी

काठमाडौँ — फिलिपिनो प्रहरीले ठूलो सङ्ख्यामा जिउँदो कछुवा बरामद गरेको छ । सुटकेशमा टेपले बेरिएर राखिएको अवस्थामा एक हजार ५ सय २९ वटा कछुवा प्रहरीले मनिलाको निनोइ अक्विनो अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको हो । 

ठूलो स‌ंख्यामा जिउँदो कछुवा बरामद

बेवारिशे अवस्थामा छाडिएका चार वटा सुटेकेशमा टेपले बेरेर राखिएको अवस्थामा प्रहरीले ती कछुवा फेला पारेको थियो । कछुवाहरू केही लोपोन्मुख र स‌ंरक्षित प्रजातिका छन् ।

अधिकारीहरूले उक्त कछुवा हंकङबाट एक जना फिलिपिनो नागरिकले ल्याएर विमानस्थलमा छाडेर गएको जनाएका छन् ।कछुवाहरूलाई प्रहरीले देशको वन्यजन्तु तस्करी निगरानी एकाइलाई हस्तान्तरण ‌गरेको छ ।

बरामद गरिएका कछुवाको बजार मूल्य ६० हजार पाउन्ड रहेको बताइएको छ । एसियाली राष्ट्रहरूमा कछुवालाई मासु तथा परम्परागत औषधीको रूपमा प्रयोग गर्ने भएकाले बजारमा यसको माग धेरै रहेको बताइएको छ ।


फिलिपिन्समा वन्यजन्तुको ओसारपसार गर्नेलाई दुई वर्षको जेल सजाय सहित २ लाख फिलिपिनो पेसो जरिवाना हुने कानुन छ ।

प्रकाशित : फाल्गुन २०, २०७५ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?