कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा आँधीले २३ को मृत्यु

एपी

अलाबामा — अमेरिकामा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ । अलाबामा राज्यको दक्षिण पूर्वी ली काउन्टीमा आएको शक्तिशाली आँधीका कारण कैयौं घाइते छन् ।

अमेरिकामा आँधीले २३ को मृत्यु

ली काउन्टी प्रहरी प्रमुख जे जोन्सले 'विनाशकारी' आँधीका कारण ठूलो मात्रामा धनजनको क्षति भएको बताए । उनले उद्धार कार्य जारी रहेको जनाए । उनले भने, 'पछिल्लो विवरण अनुसार २३ जनाको मृत्यु भएको छ । दुर्भाग्यवस, यो संख्या अझै बढ्ने खतरा देखिएको छ ।'


जोन्सले आँधीबाट अति प्रभावित भएको क्षेत्रमा ड्रोनमार्फत विवरण संकलन गरिएको जनाए । जोन्सले आँधीबाट भत्किएका घरले थिचेर कपितय मानिसको मृत्यु हुनुका साथै कैयौं घाइते छन् । उनले तत्काल उद्धार गरिएका सयौं मानिसलाई अस्पतालमा भर्ना गरिएको र केही गम्भीर अवस्थामा रहेको जनाए ।


राष्ट्रिय मौसम सेवा -एनडब्लूएस) का अनुसार इएफ ३ बर्गको आँधीले कम्तीमा २ सय ६६ मिटर प्रतिघण्टाको गतिको हावाहुरी ल्याएको थियो । एनडब्लूएसले शक्तिशाली आँधीले अलाबामा करिब एक किलोमिटरको क्षेत्रमा व्यापक क्षति गर्न सक्ने पूर्वानुमान गरेको थियो ।


आँधी प्रभावित क्षेत्रमा खिचिएका तस्बिरहरुमा सडक छेउका घर तथा पोलहरु भत्किएका तथा सडकमा निकै बाक्लो पानी जमेको देखिन्छ । आँधी आएलगत्तै आपतकालीन उद्धारकर्मीहरु खोज तथा उद्धारका लागि परिचालन गरिएका थिए । आँधी जर्जिया, दक्षिण क्यारोलिना र फ्लोरिडा राज्यतर्फ पनि फैलिएको जनाइएको छ । यद्यपि, ती क्षेत्रमा भने सामान्य असर पुगेको अधिकारीहरुले जनाएका छन् ।


ली काउन्टीको विपत् व्यवस्थापन संस्थाका प्रवक्ता रिता स्मिथले १ सय ५० प्रभावितलाई उद्धार गरिएको जनाइन् । अलाबामा आपतकाल व्यवस्थापन निकायका संस्थाका प्रवक्ता ग्रेगरी रबिन्सनले अलाबामा राज्यभन्दा बाहिर मृत्युको घटना जानकारीमा नआएको बताए । उनका अनुसार उद्धारकर्मीहरुले सहयोग तथा खोजी कार्य जारी राखेको बताए ।


अलाबामाका गभर्नर के आईभीले थप विपत् निम्तन सक्ने भन्दै स्थानीयलाई ट्वीटरमार्फत सचेत गराएकी छन् । उनले लेखेकी छन्, 'ली काउन्टीमा आँधीका कारण आफ्नो जीवन गुमाउनेहरुप्रति हाम्रो सद्भाव छ ।' अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित क्ष्ाेत्रमा सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, 'अलबामा र वरपरका महान् जनताहरु, कृपया होसियार र सुरक्षित रहनुस् ।'


अमेरिकाको अर्कान्सस र मिसिसिपीमा सन् २०१४ गएको आँधीका कारण कम्तीमा ३५ जनाको ज्यान गएको थियो । त्यसैगरी सन् २०११ मा मिसौरी राज्यको शक्तिशाली आँधीले करिब ५ सयको मृत्यु भएको थियो ।

प्रकाशित : फाल्गुन २०, २०७५ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?